सन् २०२२ मा अराम १६१ अर्ब अमेरिकी डलर नाफा आर्जन गर्न सफल
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २३:४७:११
२८ फागुन, एजेन्सी । साउदी अरामकोले गत वर्ष १६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको आइतबार जनाएको छ ।
एप्पलपछि विश्वकै दोस्रो महत्वपूर्ण कम्पनी अरामकोले साउदी शेयर बजारलाई दिएको जानकारीअनुसार सन् २०२१ को ११० अर्ब अमेरिकी डलरको तुलनामा सन् २०२२ को खूद आम्दानी ४६ प्रतिशतले बढेको छ ।
सन् २०१९ मा अरामको सूचीबद्ध कम्पनी बनेपछिको सबैभन्दा बलियो नतिजा हो । “मुख्यतया कच्चा तेलको उच्च मूल्य र बिक्री भएको परिमाण र बलियो प्रशोधन नाफाको प्रभावका कारण भएको हो,” कम्पनीद्वारा सार्वजनिक प्रतिवेदनमा भनिएको छ । सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वव्यापी ऊर्जाको मूल्य बढेको थियो ।
एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस क्यालामार्डले एक विज्ञप्तिमा भनिएकाे छ, “जीवाश्म इन्धनको बिक्रीबाट कम्पनीले एकै वर्षमा १६१ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउनु आश्चर्यजनक छ ।
एम्नेस्टीले अरामकोको नाफालाई ‘एकै वर्षमा कुनै पनि कम्पनीले सार्वजनिक गरेको अहिलेसम्मकै सबैभन्दा धेरै’ भनेको छ र यसलाई ‘नवीकरणीय ऊर्जामा मानव अधिकारमा आधारित सङ्क्रमणको लागि वित्त पोषण गर्न प्रयोग गरिनुपर्छ’ भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार