डीएसपी केसीको काठमाडौं, पोखरा र बुटवलमा तीन वटा घरः सुन लिन खोजेको पुष्टि
नेपालबहस संवाददाता
फागुन २८, २०७९ सोमबार ३:१५:५७
२८ फागुन, काठमाडौं । प्रहरी नायव उपरीक्षक ‘डीएसपी’ ठगबहादुर केसीले सुन र पैसा घुस लिन खोजेको पुष्टि भएको छ । उनीबारे छानबिन गर्न गठित समितिले ‘बदनियत राखेर लिन खोजेको’ भन्दै समितिले प्रतिवेदन बुझाएपछि सो पुष्टि भएको हो ।
डीएसपी केसीको छानवीन गर्न बनेको समितिका संयोजक ‘एसएसपी’ चन्द्र कुवेर खापुङले आईजीपी धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाएपछि केसीले बद्नियत राखेको पुष्टि भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटना छानबिन गर्न समिति गठन गरिएको थियो ।
समितिमा प्रहरी प्रधान कार्यालयका एसपी काजी कुमार आचार्य, सीआईबीका डीएसपी दुर्गा दाहाल र दुईजना इन्स्पेक्टर सदस्य थिए । बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो । सो विषयमा प्रहरीले छानविन गर्दा बदनियत राखेको स्रोतको दावी छ ।
‘सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भएपनि डीएसपी केसीले बदनियत राखेको देखिन्छ, सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डीएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको देखिएन, यसमा बदनियत देखियो’, छानविन समितिको प्रतिवेदनमा उल्लेख भएको स्रोतले जनाएको छ । प्रारम्भिक छानबिनमै केसीको अस्वभाविक सम्पत्ति देखिएको छ । काठमाडौं, पोखरा र बुटवलमा उनको तीन वटा घर भेटिएको पनि स्रोतले जनाएको छ ।
समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागी सो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ । डीएसपी केसी अहिले निलम्बनमा छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले उनलाई पुस १४ मा निलम्बन गर्ने निर्णय गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालीन एसपी रवीन्द्र रेग्मी बिदा बसेको बेला डीएसपी केसीले भन्सार छलीको कपडा कारोबारीबाट पनि रकम लिएको थाहा भएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले गरेको छानबिनबाट उनको खातामा घुस बापत २ लाख ५० हजार रकम जम्मा भएको भेटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई मन्त्रालयले कारबाही गर्ने
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार