पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ् गर्दै नेपाल
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १५:२०:१५
२९ फागुन, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै अब पपुवा न्युगिनीले पहिला ब्याटिङ गर्ने भएको छ ।
नेपाली टोलीमा आज एक खेलाडीलाई परिवर्तन गरेको छ । नेपाली टिममा रहेका गुलशन झालाई बेञ्चमा राखिएको छ भने उनको स्थानमा करण केसी समावेश छन् । नेपालले हिजो भएको खेलमा युएईलाई एक सय ७७ रनले पराजित गर्दै आगामी चार वर्षका लागि एक दिवसीय मान्यता जोगाएको थियो ।
तेस्तै घरेलु मैदनमा भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । यसअघि युएई भ्रमणमा पनि नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई हराएको थियो । आजको खेलमा पनि नेपालले पपुवा न्युगिनीलाई हराउँदै जित सुनिश्चित गर्न चाहन्छ । नेपाल ३४ खेलमा ३६ अङ्कका साथ चौथो स्थानमा छ । अब बाँकी रहेका दुई खेलमा विजयी हासिल गरेमा नेपाल तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोटको यात्रा पक्का गर्नेछ ।
तेस्रो स्थानको नामिबियाको ३६ खेलमा ३९ अङ्क छ । छैटौँ स्थानमा रहेको युएईको ३४ खेलमा ३१ अङ्क छ भने सातौँ स्थानको पपुवा न्युगिनीको समान खेलमा ११ अङ्क छ । ५० अङ्कसहित शीर्ष स्थानमा बसेको स्कटल्यान्ड र ४४ अङ्कसहित दोस्रो स्थानमा बसेको ओमानले भने विश्वकप छनोटको यात्रा तय गरिसकेको छ ।
नेपालको प्लेइङ–११ कप्तान रोहित पौडेलसहित आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, सोमपाल कामी र ललितनारायण राजवंशी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार