नेपाल महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १६:५८:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/yu-20-team_wumhT7nWgr.jpg)
२९ फागुन, काठमाडौं । नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६–० ले गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो ।
नेपालले खेलको पहिलो हाफमा पाँच गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल गरेको थियो । नेपालको जितमा दीपा शाही र सारा बज्राचार्यले दुई दुई गोल गरे । सरस्वती हमाल र जेनिफर रानाले एक एक गोल गरिन् । खेलको पाँचौँ मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । छैटौँ मिनेटमा साराले गोल गर्दा नेपाल २–० ले अघि रह्यो । खेलको १९ औँ मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालको अग्रता तेब्बर बन्यो ।
खेलको ३० औँ मिनेटमा सरस्वतीले गोल गर्दै नेपाललाई ४–० गोलको अग्रता दिलाइन् । खेलको ४५ औँ मिनेटमा सारा बज्राचार्यले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि नेपालले पहिलो हाफमै ५–० को अग्रता लियो ।
त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा जेनिफरले गोल गर्दै नेपाललाई ६–० को जित दिलाइन् जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा छ अङ्क जोड्यो । छनोटअन्तर्गत नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको थियो । उक्त समूहमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो ।
दोस्रो चरणको छनोट खेल आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा सन् २०२४ म हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
जसपाका मन्त्रीहरूले दिए राजीनामा
असार २१, २०८१ शुक्रबार
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
असार २१, २०८१ शुक्रबार
छुम्बी लामा बने क्यानको प्रवक्ता
असार २१, २०८१ शुक्रबार
आइतबारसम्म बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
असार २१, २०८१ शुक्रबार
भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ बेपत्ता, सातजना घाइते
असार २१, २०८१ शुक्रबार