इरानसँग बन्दी आदानप्रदान सहमतिमा अमेरिकाले गर्यो खण्डन
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १८:२७:५२
२९ फागुन, एजेन्सी । इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको आदानप्रदानको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिएका हुन । तर अमेरिकाले भने यस कुराको खण्डन गरेको छ ।
इरानले दुई देशका बीचमा बन्दी आदानप्रदानको सहमति भएको जनाएको केही समयमा नै अमेरिकाले सो सहमति नभएको प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ । अघिल्लो हप्ता नै अमेरिकासँग सो सहमति भएको इरानले सोमबार जनाएको छ । इरानका विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहीनले सो कुराको जानकारी सोमबार एक टेलिभिजनमार्फत् दिएका थिए ।
इरानको सरकारी समाचार समिति आइआरएनले इरानका विदेशमन्त्रीको भनाइलाई उद्धृत गर्दै दिएको समाचारमा उनले यदि अहिले भएको सहमति अनुसार नै प्रक्रिया अघि बढ्यो भने आगामी केही दिनमै यी दुई देशका बन्दी एक आपसमा आदानप्रदान गर्न सकिने छ भनेका थिए ।
दुबै देशले गत वर्ष सन् २०२२ को मार्च महिनामा नै सहमति गरेका र अहिले त्यो सहमति बमोजिम इरानका जेलमा रहेका अमेरिकी र अमेरिकाका जेलमा रहेका इरानी बन्दी आदानप्रदानको काम अबका केही दिनमा हुने उनको भनाइ थियो । तर उता अमेरिकाले भने सो सहमतिको नजिक नपुगिएको जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार