अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’, अवार्डमा बेलुन उत्कृष्ट
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १९:४५:५७
२९ फागुन, काठमाडौं । नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाईशो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा चलचित्र बिमस बोर्डका अध्यक्ष भुवन केसी, बरिष्ठ चलचित्रकर्मी यादव खरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङ लगायतले उनलाई खादा, फूलगुत्था र सम्मान पत्रले सम्मानित गरे ।
कार्यक्रममा फिल्मका चर्चित कला निर्देशक निर्जल श्रेष्ठ ‘सोसल मिडिया कला सम्मान २०७९’ प्राप्त गर्दा पत्रकार पारमणी पौडेल ‘युवा पत्रकारिता पुरस्कार २०७९’बाट सँमानित भए । पत्रकारलाई पौडेललाई नगद १५ पाँच सय ५५ बाट सम्मानित गरिएको हो । ड्रिमवल्र्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाडाँैले आयोजनामा गरेको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’मा चलचित्र ‘बेलुन’ ले सर्वोत्कृष्ट अवार्ड पाएको छ । वर्षभरीकै सर्वोत्कृष्ट चलचित्र बन्दै लघुचलचित्र ‘बेलुन’ले ‘बेस्ट सट फिल्म अफ द इयर’ को अवार्ड पाएको हो । लघुचलचित्रमा माओवादीकालको द्धन्द्धमा आधारित कथावस्तु समेटिएको छ ।
समारोहमा उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएका छन् । समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघुचलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताइन् ।
उनले पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघुचलचित्र ‘लोरी’ ले पाएको इतिहास रहेकाले लघुचलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह गरिन् । चर्चित फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायक रहेको अवार्डमा आदिवासी जनजाति चलचित्रमा भने निणार्यक समुहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार