उपराष्ट्रपतिको उम्मेदवार रामसहायले पठाए भोटका लागि सांसदहरुलाई मोबाइल सन्देश
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार २०:२:४८
२९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले सांसदहरुलाई मोबाइल सन्देश पठाएका छन् ।
संघीय र प्रदेश सभाका ८ सय ८५ सांसदहरुलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन् । सन्देशमा २०७९ चैत्र ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिई विजयी गराउन यादवले अनुरोध गरेका छन् ।
‘नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधिनताको रक्षा, शान्ति, स्थिरता र सुशासन सहित जनताको समुन्नती र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले पठाएको सन्देशमा उल्लेख गरिएको छ । यादवले सबै सांसदहरुलाई भोट अपिल गर्दै पत्र समेत पठाउने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार