युवतीमाथि दुर्व्यवहार गर्ने मेडिकल कलेज सञ्चालक अन्सारीपुत्र जहागिरविरूद्ध मुद्दा दर्ताकाे तयारी
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार २०:३६:२७
२९ फागुन, वीरगञ्ज । होलीका दिन युवतीमाथि दुर्व्यवहार गरेकाे अभियाेगमा वीरगञ्जमा पक्राउ परेका युवाहरुको जत्थाविरुद्ध प्रहरीले मुद्दा दर्ताको तयारी गरेको छ । घटना विवरण अनुसार गत हप्ता परेको तराई होलीको अवसरमा वीरगंजको आदर्शनगरस्थित बसपार्कमा कार्यक्रमको आयोजना गरिएको थियो ।
सोही कार्यक्रममा सहभागी भएका वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारीका छोरा जहागिर अन्सारी र भतिजा-साथीहरुले मदिरा सेवन गरी युवतीमाथि दुर्व्यवहार र अपशब्द प्रयोग गरेको घटनामा मुद्दा दर्ता गर्ने तयारी गरिएको हो ।
घण्टाघर र बसपार्कको बीचमा रहेको एउटा रेष्टुरेन्टमा खाजा खाइरहेकी निर्मल नामले परिचित मोडल निर सर्राफ र उनका केटी साथीमाथि जहागिर लगायत युवाहरुले दुर्व्यवहार गरेका थिए । सोही घटनामा २५ वर्षीय जहागिर, ३१ वर्षीय फिरोज अन्सारी, २७ वर्षीय ताहिर अन्सारी, २४ वर्षीय फिरोज अन्सारी, २७ वर्षीय ताहिर अन्सारी, २४ वर्षीय आशीष साह, २४ वर्षीय आदित्य गिरिलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा राख्दै आएकाे छ ।
दुर्व्यवहार गरेपछि उनीहरुले सर्राफसँग झगडा गरेका थिए । प्रहरीले सम्झाउन खोज्दा उल्टै जाइ लागेपछि जिल्ला प्रहरी कार्यालयबाट थप बल झिकेर उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउपछि उनीहरुलाई छुटाउन जहागिरका बाबु वीरगंजस्थित नेशनल मेडिकल संचालक बसरुद्दिन र भाइ ताजुद्दिन अन्सारीले निकै दबाब दिँदै आएको बताएका छन् ।
पीडित पक्ष (युवती)ले भने किटानी जाहेरी दिइसकेकी छन् । सोही आधारमा प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई ६ जनामाथि अनुसन्धान जारी राखेको जनाएको छ । सबै जनाविरुद्ध समयभित्रै मुद्दा दर्ता गरिने एसपी कोमल शाहले बताए । उद्दण्ड मच्चाउने समूहमाथि कानूनबमोजिम कडा कारबाही गर्न सर्राफका पिता पत्रकार प्रेम सर्राफले माग गरेका छन् ।
प्रबन्ध निर्देशक समेत रहेका संचालक अन्सारी एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मेडिकल व्यवसायी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार