नेपालसँग पपुवा न्युगिनी ९ विकेटले पराजित, सन्दीप बने प्लेयर अफ द म्याच
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार २२:१५:२२
२९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ कम नेपालले आजको खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ९ विकेटले पराजित गरेको छ । घरेलु मैदान कीर्तिपुरमा भएको खेलमा पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा पूरा गर्दै नेपालले एतिहासिक जित निकालेको हो ।
ओपनिङमा गएका आशिफ शेखको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको हो । शेखले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएका हुन् । उनीसँगै ओपनिङमा गएका कुशल भुर्तेल १४ बलमा ३३ रन बनाई बाहिरिएका थिए । त्यस्तै कुशल मल्ल १३ बलमा १२ रनसहित अविजित रहे ।
खेलमा प्लेयर अफ द म्याच सन्दीप लामिछाने भएका छन् । यसअघि गरेको बलिङमा लामिछानेले १० ओभरमा २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशी र कुशल मल्लले २/२ विकेट लिएका थएि । सोमपाल कामीले १ विकेट लिए । खेल सकिएसँगै वर्षापनि सुरु भएको थियो ।
नेपालले भोलि यूएईसँग खेल्नेछ । यो खेल जितेको खण्डमा नेपाल आईसीसीको विश्वमपमा एक दिवसीय खेल्न पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार