रामपुर क्याम्पसको सभापतिमा आशिष देवकोटाले गरे उम्मेदवारी दर्ता
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार २३:४६:४६
२९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय ‘त्रिवि’को स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ निर्वाचनको लागि देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा उम्मेदवारी दर्ता भएका हुन् ।
यसैबीच स्वतन्त्र विद्यार्थी युनियन रामपुर क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस इकाई सभापति आशिष देवकोटाले उम्मेदवारी दर्ता गरेका छन्। उनको विपक्षीमा नेकपा एमाले र नेकपा माओवादीका साझा उम्मेदवार दिवस पौडेल रहेका छन् ।
कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि मतदानको समय चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।
नेबिसंघबाट स्ववियु निर्वाचनमा सभापतिमा आशिष देवकोटाकाे नेतृत्वमा सचिव विवेक अर्याल, कोषाध्यक्षमा समिक्षा बस्नेत रहेका छन्, सदस्यहरूमा गोकुल प्र. शर्मा, दिक्षा अधिकारी, सन्देश बोहरा, वर्षा सुवेदी र मुना पोख्रेलसहित १५ सदस्यीय कार्यसमिति दर्ता गराइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार