स्याङ्जामा झण्डै ८५ प्रतिशत योजना सम्झौता
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार २३:५९:४८
२९ फागुन, स्याङ्जा । पूर्वाधार विकास कार्यालय स्याङ्जाले झण्डै ८५ प्रतिशत योजना सम्झौता गरी निर्माण कार्य थालनी गरेको छ । आर्थिक वर्ष २०७९/०८० का २ सय ६८ योजना मध्ये २ सय २५ योजना सम्झौता गरी निर्माण थालनी गरेको हो ।
चालु आर्थिक वर्षका लागि संघीय र प्रदेश सरकारबाट २ सय ६८ योजना निर्माण गर्न १ अर्ब ३१ करोड ८४ लाख ३८ हजार विनियोजन भएको थियो । ५५ योजना सम्पन्न गरेर विनियोजित रकमबाट कार्यालयले ४२ करोड ७६ लाख ७९ हजार ९ सय १७ रुपैयाँ भुक्तानी गरी सकेको छ ।
“योजना निर्माण गर्न विनियोजित कुल बजेट मध्ये हालसम्म ३२ प्रतिशत पुँजिगत खर्च गर्न सफल भएका छौं ।” कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले भने, “कुल योजना मध्ये सम्झौता हुन ४३ योजनालाई तत्काल सम्झौता गरी निर्माण कार्य थालनी गर्न लागेका छौं ।”
करिब १ महिनाको अबधिमा बाँकी १ सय ५० योजना निर्माण सम्पन्न गरी पुँजिगत खर्चलाई ६० प्रतिशत पु¥याउने कार्यालयले लक्ष्य लिएको छ । योजना सम्झौतामा ढिलाई, महंगी लगाएतका कारणले समयमै पुँजिगत खर्च गर्न नसकेपनि वार्षिक लक्ष्य अनुसार योजनाका काम शुरु भएको कार्यालयले जनाएको छ ।
सम्झौता भएका योजनाहरुको निर्माण कार्य तिव्र रुपमा अगाडी बढेको छ । पूर्वाधार तर्फ सडक, पुल, भवन तथा अन्य योजनाहरुलाई वार्षिक लक्ष्य अनुसार निर्माण कार्यलाई तिव्रता दिईएको निमित्त प्रमुख अर्यालले बताए । कार्यालयको वार्षिक लक्ष्य अनुसार पुँजिगत खर्च गरिने अर्यालले दाबी गरे ।
आर्थिक वर्ष २०७९÷०८० का लागि २ करोड ११ लाख ६२ हजार विनियोजित चालु खर्च मध्ये कार्यालयले ७८ लाख ९७ हजार ७ सय ७४ रुपैयाँ खर्च गरेको छ । विनियोजित बजेटमा चालु खर्च तर्फ ३७ प्रतिशत रकम खर्च भएको कार्याएलयले जनाएको छ ।
संघीय, प्रदेश र स्थानीय सरकारले पुँजिगत खर्च गर्न नसकिरहेको अवस्थामा पूर्वाधार कार्यालयको तयारी राम्रो रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । हालसम्म ३२ प्रतिशत र करिब १ महिनाभित्र झण्डै ६० प्रतिशत पु¥याउने लक्ष्यलाई राम्रो भन्न सकिने कोलेनिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार