वीरगञ्जमा जातीय छुवाछुत घटनाको विरोधमा प्रदर्शन
नेपालबहस संवाददाता
फागुन २९, २०७९ मंगलबार ०:४:१२
२९ फागुन, वीरगञ्ज । वीरगञ्जमा एक धार्मिक कार्यमा विभेद गरिएको भन्दै प्रदर्शन भएको छ । अलौमा चैत ८ देखि १७ गतेसम्म गर्न लागिएको शतचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरेको प्रदर्शनकारीको आरोप छ ।
पूजा समितिले दलित समुदायलाई पूजामा सहभागी हुन नदिने भनेर छुवाछुत र विभेद गरेको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध जनाएका छन् । ‘दलित समुदायमाथि अत्याचार, दलितले मन्दिरमा पूजा गर्न किन मिल्दैन ?’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् । पूजाका लागि रमेश चौधरीको संयोजकत्वमा ३५ सदस्यीय समितिमा सुरुमा दलित समुदायको समेत नाम राखिएकोमा पछि हटाइएको उनीहरुको भनाइ छ ।
प्रदर्शनपछि दलित अगुवाहरुले यज्ञमा सहभागी हुन नदिने भनेर विभेद गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् । दलित समूदायका प्रदर्शनकारीहरुले यसअघि भोजमा दलित समूदायलाई अलग्गै राखेर भोज खुवाइएको घटनामा सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवमाथि पनि कारबाहीको माग गरेका छन् । यद्यपि अध्यक्ष यादवले घटनामा माफी मागिसकेका छन् ।
उनले आफ्नी दिवंगत आमाको १३औं दिनको तिथि आयोजना गरिएको भोजमा विभिन्न समूदायका लागि भनेर पोष्टर नै टाँसेर भोजवस्थल छुट्याएका थिए । त्यसपछि उनको चर्को विरोध भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार