बैंक र लघुवित्तविरुद्ध काठमाडौंकेन्द्रित प्रदर्शन चर्किँदै
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १८:२९:५
३० फागुन, काठमाडौं । देशभरका उद्योग व्यवसायीहरूले काठमाडौंमा बैंक र लघुवित्तको ‘आतंक’विरुद्ध प्रदर्शनलाई तीव्रता दिएका छन् । आइतबारदेखि नै काठमाडौंकेन्द्रित आन्दोलनलाई उनीहरुले जोड दिएका हुन् । आज पनि उनीहरुले सरकार र राष्ट्र बैंंकविरुद्ध चर्का नारा र प्रदर्शन जारी राखेका छन् ।
बैंक र लघुवित्तले चरम रुपमा बढाएको ब्याज दर र सेवा शुल्कले आफूहरुको उठीबास लागेको भन्दै ऋणीलाई सडकमा पुर्याउने नीति तत्काल खारेज गर्न माग गरेका छन् ।
आज उनीहरुले माइतीघर मण्डला र राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा ब्यानर, प्लेकार्डसहित विभिन्न क्षेत्रमा व्यवसायी गर्दै आइरहेका उद्योग र व्यवसायीहरुले धर्ना दिइरहेका छन् ।
उद्योगी व्यवसायीहरुले कार्यालय समय सुरु भएदेखि नै बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । आफूहरुको पीडा बुझाउन घेराउ गरेको उनीहरुले बताएका छन् । घेराउमा मोरङ। काभ्रे, चितवन, झापा, ललितपुर, भक्तपुर लगायत ४० भन्दा बढी जिल्लाका उद्योगी–व्यवसायीहरु सहभागी छन् ।
उता, लघुवित्त वित्तीय संस्थाले चर्को ब्याज लिएर ऋणीलाई आत्महत्याको तहसम्म पुर्याइरहेको भन्दै पीडितहरुले आजै माइतीघर मण्डलामा विरोध जारी राखेका छन् । प्रदर्शनमा सहभागीहरुले लघुवित्त संस्थाविरुद्ध नारा लगाइरहेका छन् ।
ऋणीकाे पीडा सरकारले नसुनेपछि गाउँ गाउँबाट लघुवित्त संस्थाहरूको ज्यादतीको विरोध गर्न राजधानी आएको पीडितहरुले बताए । माग सुनुवाइ नभएसम्म संघर्ष जारी रहने लघुवित्त संस्था विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले बताए ।
लघुवित्तहरुले ग्रामीण निमुखा गरिब किसानलाई भुलभुलैयामा पारेर चर्को ब्याजमा ऋण बोकाई वित्तीय अपराध गरेको उनको भनाइ छ । सरकारले माग सुनुवाई तत्काल नगरे अवस्था विकराल बन्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार