कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १९:२३:३४
३० फागुन, काठमाडौं । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएकामा आगामी वैशाखदेखि कम्तीमा दुईवटा स्कुल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा सञ्चालन गर्न लागेको छ ।
गाउँपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता, असहाय र गरिबका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको उनले बताए । गाउँपालिकाभित्र करको दायरमा आएका व्यवसायीलाई २० प्रतिशत एम्बुलेन्स सेवामा छुटको व्यवस्था गरिएको पनि जनाइएको छ ।
गाउँपालिकाले एम्बुलेन्स खरिद गरी नाफामुखीभन्दा पनि सेवामूलक भावनाले काम गर्दै आएको पालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । एम्बुलेन्सलाई आवश्यक पर्ने तेल र चालकको तलबका लागि सहयोग मिल्दै आएको उनले बताए ।
नागरिक सेवा कक्ष
त्यसैगरी, गाउँपालिकाले कार्यालयको पहिलो तलामा नागरिक सेवा कक्ष सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले सेवा लिन कोठा–कोठा चाहर्नुपर्ने समस्या बढेकाले एकै स्थानबाट सेवा दिन उक्त कक्ष सुरुआत गरिएको हो । निवेदन, फोटोकपी, नक्सापासलगायत सेवामा गाउँपालिकाले निःशुल्क गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार