अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. सिंहको भेटवार्ता
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार २२:९:२
३० फागुन, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’दक्षिण पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ ।
अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दक्षिण पूर्व एसियाका सदस्य राष्ट्रलाई सहयोग गर्ने क्षेत्रीय निर्देशकको प्रतिबद्धता र जोखिममा रहेका मानिसको स्वास्थ्य अवस्था सुधार सम्बन्धमा गरेको कामको सराहना गरे ।
उनले नेपाली जनताको स्वास्थ्यसम्बन्धी आवश्यकता सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकामा विश्व स्वास्थ्य सङ्गठन क्षेत्रीय कार्यालयको प्रशंसा गरेका थिए।
यसैगरी उनले २०७२ सालको भूकम्प र त्यसपछिको कोभिड–१९ महामारीका कारण नेपालले स्वास्थ्य सङ्कट बेहोर्नु परेको कठिन समयमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उपलब्ध गराएको सहायताका लागि धन्यवाद व्यक्त गरे ।
भेटमा क्षेत्रीय निर्देशक सिंहले नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि र स्वास्थ्य सरोकारका विषयमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा जनप्रतिनिधि परिचालन सम्बन्धमा भएका कार्यको प्रशंसा गर्दै विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयले आगामी दिनमा पनि नेपाललाई सक्दो सहयोग गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार