पर्यटकको रोजाइमा शान्ति स्तूपा
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ बुधबार ०:९:५९
३० फागुन, लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ४ स्थित पुरानकोट गढीमा निर्माण भएको बौद्ध धर्मावलम्विहरुको पवित्र धार्मिकस्थल शान्ति स्तुपा पर्यटकको रोजाई बनेको छ । निर्माण सम्पन्न चरणमा पुगेको सो स्तुपामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि शान्ति स्तुपा पर्यटकको रोजाई बन्न थालेको हो ।
स्तुपाको ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको प्राविधिक ईन्जिनियर हरिश्चन्द्र बस्नेतले जानकारी दिए । बेसीशहरबाट ऐतिहासिक, पर्यटकीय क्षेत्र गाउँशहर कालिका मन्दिर, काउँलेपानी हुदै पुरानकोट गढी स्थित शान्तिस्तुपा पुगिन्छ ।
निर्माण कार्यको अन्तिम चरणामा पुगेको स्तूपामा दैनिक आन्तरि तथा बाह्य पर्यटक समेत आउने गरेका छन् । वडा नं। ३ का वडा अध्यक्ष चित्रबहादुर दनाईका अनुसार गाँउशहरको कालिका मन्दिर र काउलेपानीमा घुम्दै रमाउँदै पर्यटकहरु शान्ति स्तुपासम्म पुग्ने गर्छन् ।
धार्मिक तथा प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा शान्ति स्तुपा निर्माण गर्ने सोचका साथ नगरपालिकाले एक करोड ४९ लाख र नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको दुई करोड ७७ लाख रुपैयामा शान्ति स्तुपाको निर्माण भइरहेको बेसीशहर नगर प्रमुख गुमानसिंह अर्यालले बताए।
निर्माण कार्य अन्तिम चरणमा पुगेको र निर्माणधिन अबस्थामा पनि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको नगरप्रमुख अर्यालको भनाई छ । स्तुपाको सबै काम सकिएको र स्तुपाको वरिपरी ढुङ्गा छाप्न मात्र बाँकी रहेको छ ।
वरिपरी लालिगुराँशको जंगल र दायाबाया तर्फ यशोब्रम्हा शाहको दरबारको भग्नावेश रहेको छ । यशोब्रम्हा शाहको राजारानीको भग्नावेशका रुपमा रहेको दरबार सरंक्षणका लागि बेसीशहर नगरपालिका ३ ले समेत दुई लाख बजेट विनियोजित गरेको छ ।
पर्यटकलाई खाना तथा खाजाका लागि नगरपालिकाले क्यान्टिन निर्माणगरी भाडामा दिने तयारी समेत गरेको छ । बेसीशहर नगरपालिकाले शान्तिस्तुपासम्म पुग्ने मोटरबाटोका लागि २१ लाख खर्च गरेको छ ।
बेसीशहरबाट–काउलेपानि–पुरानकोट गढीसम्म १६ किलोमिटर रहेको छ । शन्ति स्तुपासँगै पार्क, भ्यू टावर र वरिपरी रहेको प्रकृती सुन्दरताले पर्यटक बढाउन सहयोग पु¥याउने नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले बताइन ।
शान्ति स्तुपाको वरिपरी लालिगुराशको जंगल भएकोले यो फुल्ने सिजनमा शान्ति स्तूपामा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटका आउने विश्वास बेसीशहर नगरपालिकाको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार