बैंक र सर्वसाधारण डुबाउन बहानाबाजी गरिरहेका उद्योग व्यवसायी !
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार १३:४९:२७
♦ अनुसा थापा / भक्तपुर
१४ चैत्र, काठमाडाैं । पछिल्लो समय औद्योगिक क्षेत्रमा भाँडभैलो देखिएको छ । बैंकको महँगो ब्याजदरका कारण उद्योग व्यवसायीहरू आन्दोलित भएका छन् । यसअघि पनि उनीहरुले मँहगो ब्याजदरको विरोधमा आन्दोलन गरिसकेका छन् । हाल उनीहरु कर्जा तिर्नका लागि थप समयको माग गर्दै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक गुहारिरहेका छन् । उद्योग व्यवसायीहरुले बैंकको राखेको धितोको मूल्य स्वाटै घटेको छ । तर, कर्जा दिनहुँ बढेको बढ्यै छ । कर्जा लिँदा राखेको धितो निरन्तर ओरोलो लाग्दा कर्जा भने उकालो लागिरहेको छ ।
उद्योग व्यवसायीहरुले विगत ६ महिनादेखि बैंकबाट लिएको कर्जाको साँवा र ब्याज तिरेका छैनन् । उनीहरुले सो अवधिको किस्ता साँवामा जोडेर कर्जाको नयाँ नवीकरण गरिदिनुपर्ने माग राख्दै आएका छन् । उद्योग व्यवसायीहरुले बैंकबाट पैसा लिने र साँवाब्याज नतिर्ने हो भने मुलुकको बैंकको हालत के होला ? उनीहरु किस्ता जोडेर कर्जा नवीकरण गर्न जोडबल गरिरहेका छन् । यो गरियो भने बैंक चुलुम्मै डुब्छ । हिजो एक करोडको धितो राखेर ८० लाख ऋण लिएकाहरुको धितोको मूल्य घटेर ५० लाखमा झरेको छ ।
तर, ऋण त बढेर डेढ करोडमा पुगेको छ । लामो समयदेखि नतिरेको किस्तालाई जोडेर कर्जा नवीकरण गरिदिने भने बैंकहरु थप मर्कामा पर्छन् । यतिखेर उद्योग व्यवसायीहरुको नियतमा खोट देखिएको छ । उनीहरुले बैंकलाई डुबाउने यस्तो योजना बनाएको देखिन्छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई दबाबमा पारेर यिनीहरुले यो कार्य गर्न आँटेका छन् । बैंक अहिले नै डुबिसकेको छ, सम्बन्धित निकायले उद्योग व्यवसायीको कुरा सुन्ने हो भने कँहीकतैको बाँकी रहँदैन् ।
आन्दोलन गरेर हुन्छ कि विभिन्न बहानाबाजी गरेर उद्योग व्यवसायीहरु अगाडि बढिसकेका छन् । तर, उद्योग व्यवसायी आफू डुबेका होइनन्, बैंक डुबाउन खोजेका हुन् । उनीहरुले पहिले नै धितो राखेर पैसा लिइसकेका छन् । अनि उनीहरु कसरी डुबे ? बैंकको उद्योग व्यवसायीलाई दिएको रकम जनताको हो । तर, उद्योग व्यवसायीहरुले कर्जा नतिर्नेबित्तिकै सर्वसाधारण डुब्छन् । अब जसले बैंकमा पैसा राखेका छन्, ऊ डुब्छ । यहाँ पनि राजनीतिक चलखेल भयो ।
उद्योग व्यवसायीहरुले किस्ता नतिरेपछि सर्वसाधारणहरुले बैंकमा लगेर पैसा राख्न छोडे । उता, धमाधम पैसा निकाल्न थालेका छन् । उद्योग व्यवसायीहरुको आन्दोलनका कारण बैंकमा लाइन देखिन थालेको छ । आफ्नो जिन्दगीभरको मेहिनेत डुब्ने भएपछि उनीहरु जसरी हुन्छ पैसा निकाल्नतर्फ लागेका छन् ।
यता, उद्योग व्यवसायीले कर्जा तिर्दैनन् उता सर्वसाधारणले आफ्नो बचत फिर्ता पाँउदैनन् । एकातिर धितो लिलाम गर्न गाह्रो, अर्कोतिर लिलाम भएपनि कर्जाजति रकम आँउदैन् । विगत लामो समयदेखि उद्योग व्यवसायीहरुले कर्जा नतिरेपछि बैंकका कर्मचारीहरुले धमाधम जागिर छोडिरहेका छन् । कर्जा उठाउन बसेका कर्मचारीहरु भकाभक बाँहिरिदैछन् । भोलि आफू पनि अप्ठ्यारोमा पर्ने भएपछि उनीहरु जिम्मेवारीमुक्त भएका छन् । हिजो कर्जा लिने बेला उद्योग व्यवसायीहरुले हाँसीहाँसी लिए ।
त्यतिखेर सरकारले कर्जा लेऊ भनेर जोडबल गरेको त थिएन् । बैंकका कर्मचारीलाई घुस खुवाएर कर्जा लिएकाहरुले अहिले आन्दोलन गर्न मिल्छ ? त्यतिखेर जनताले कर्जा लिनैपर्छ भनेर दबाब दिएका त थिएनन् । आफ्नो फाइदाका लागि उनीहरुले कर्जा लिए । अहिले बैंकबाट लिएको कर्जाको साँवा पनि नतिर्ने, अनि आन्दोलन गर्ने । कालो झण्डा बोक्ने, कालो ब्यानर बोक्ने, अनि विभिन्न निकाय चहार्दै हिँड्ने । यस्तो पनि हुन्छ ? अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाए कर्जा तिर्नपर्दैन् ?
उद्योग व्यवसायीहरु आफ्नो विभिन्न माग राख्दै राजनीतिक दलको घरदैलो गरिरहेका छन् । तर, हिजो जसरी कर्जा लिएका थिए आज त्यसरी नै फिर्ता गर्नुपर्यो । उद्योग व्यवसायीहरुले किस्ता नतिरेपछि सर्वसाधारणहरुले बैंकमा लगेर पैसा राख्न छोडे । उता, धमाधम पैसा निकाल्न थालेका छन् । उद्योग व्यवसायीहरुको आन्दोलनका कारण बैंकमा लाइन देखिन थालेको छ । आफ्नो जिन्दगीभरको मेहिनेत डुब्ने भएपछि उनीहरु जसरी हुन्छ पैसा निकाल्नतर्फ लागेका छन् ।
सर्वसाधारणले पैसा नराख्दा बैंकहरु रित्तो भएका छन् । उनीहरुसंग कर्जा दिने पैसा छैनन् । बैंकहरुले लामो समयदेखि कर्जा ठप्प पारेका छन् । बैंकले कर्जा दिन छाडेपछि घरजग्गा, गाडी र सेयरको खरिदबिक्रीमा पुरै मन्दी छाएको छ । त्यस्तै, यी क्षेत्रको मूल्य पनि स्वाटै ओरालो लागेको छ । पछिल्लो समय घरजग्गा, गाडी र सेयर बेच्नेको संख्या उल्लेखीय छ । तर, किन्ने कोही पनि छैनन् । व्यक्तिहरुले पैसा निकालेर घरमा लगेर लुकाइसकेका छन् । यो अवस्था बनाउने पनि उद्योग व्यवसायी हुन् ।
उद्योग व्यवसायीले खुरुखुरु कर्जा तिरेको भए बैंक र सर्वसाधारण मर्कामा पर्दैनथे । व्यवसायीहरु बैंकलाई तिर्नुपर्ने कर्जा नतिर्ने दाउमा छन् । बरु, राजनीतिक दलको ढोका ढक्ढक्याउने, सरकारलाई ज्ञापनपत्र बुझाउने अनि कर्जा नतिर्ने । व्यवसायीहरुले मुलुकको अर्थतन्त्र श्रीलंका बनाउन खोजिरहेका छन् । व्यवसायी छोडेर राजनीति गर्न खोजिरहेका छन्, उद्योगीहरु । उद्योग व्यवसायी र राजनीतिक दलले गर्दा मुलुक नाजुक अवस्थामा आउने देखिएको छ ।
बैंकले हिजो उनीहरुलाई सहयोग गरेको थियो, आज पालो उनीहरुको हो । बैंकबाट लिएको कर्जाबाट नाफा कमाउँदा उद्योगीहरुले सरकारसंग बाँडफाँड गरेका थिए ? बैंकलाई नाफाको केही हिस्सा दिएका थिए ? नाफा हुञ्जेल आफू मोजमस्ती गरिरहे । अनि आज नाफा नभएपछि विभिन्न बहानाबाजी गर्न मिल्छ ? यिनीहरुलाई के व्यवसायी भन्ने ? बैंक डुब्नु भनेको जनताको पैसा डुब्नु हो । एकातिर बैंक डुबाउने अर्कोतिर नेपालको अर्थतन्त्र श्रीलंका बनाइदिने ।
बैंकबाट लिएको कर्जा नेपालमा नभईकन यिनीहरुले विदेशमा लगानी गरेका छन् । यहाँ डुब्यो भन्ने विदेशमा लगानी गर्ने । नौटंकी गर्ने पनि हद हुन्छ । यस्तालाई कसले बिचरा भन्छन् ? सबै बैंकहरु डुबिसकेको सर्वसाधारणले अड्कलबाजी लगाउन थालेका छन् । बैंकहरु कर्जा उठाउन नसकेर धरासायी अवस्थामा पुगिसकेका छन् । तीन वर्ष अगाडिसम्म आफ्नो पैसा सुरक्षित हुन्छ भनेर सर्वसाधारणले बैंकमा लगेर पैसा राख्थे । थोरै भएपनि ब्याज आइरहन्छ भन्ने सर्वसाधारणमा थियो ।
बैंकले हामी यति प्रतिशत ब्याज दिन्छु भन्नै पदैनथ्यो । बैंकमाथि जनताको विश्वास धेरै थियो । थोरै ब्याज भएपनि जनताले आफ्नो चित्त बुझाइरहेका थिए । बैंकमा यत्तिकै भीड हुन्थ्यो । अहिले बैंकहरुले १५ देखि १८ प्रतिशतसम्म ब्याज दिन्छौं भनेर जनता लोभ्याइरहेका छन् । उनीहरुले पटकपटक सूचना जारी गरिरहेका छन् । तर, पनि सर्वसाधारणहरु प्रलोभनमा फसेका छैनन् । जतिसुकै ब्याज भएपनि उनीहरुलाई फरक परेको छैन् । डिपोजिटकर्ताले डिपोजिट गर्न छोडिदिए किन कि ब्याजभन्दा साँवाकै माया छ ।
ब्याजको लोभमा पर्दा साँवा नै डुब्ने हो कि भन्ने डर उनीहरुमा प्रष्टै देखिन्छ । पहिले खाता खोल्ने बैंकमै जानुपथ्र्यो । अनलाइन सिस्टम पनि लागु गरिएको छ । तर, सहकारीजस्तै बैंकका कर्मचारी आफ्नो बैंकमा खाता खोलिदिन भन्दै पसलपसल पुगेका छन् । नेपालका व्यवसायीहरुले व्यवसाय गर्ने नाममा बैंक पनि डुबाए । सर्वसाधारणहरुको बचत पनि सोत्तर पार्ने भए । यसरी बैंक डुब्नुको कारण अर्थमन्त्री शर्मा हुन् । व्यवसायीको अगाडि उनी लम्पसार पर्दा बैंक र सर्वसाधारण दुवै डुब्ने भए ।
अर्थमन्त्री शर्मा र उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुको अगाडि गर्भनरले चल्न चट्पटाउन सकेनन् । न सर्वसाधारण बचाउन सके न बैंक । उनी पनि लाचार नै देखिए । अहिले बैंकले कर्जा नतिर्नेको फोटो पत्रपत्रिकामा छापेको छाप्यै छ । बैंकहरुले धितो लिलाम गर्छु भन्छ तर किन्ने कोही छैनन् । जुन धितो राखेर बैंकले कर्जा दिएको थियो त्यसको मूल्याकंन नै हुन छाडेको छ । खाद्यान्नको मूल्य हप्तैपिच्छे घरबढ हुने गर्दछ । तर, घरजग्गा, सेयर र गाडीको मूल्य बढ्ने होइन्, प्रत्येक दिन घटेको घट्यै छ ।
उद्योग व्यवसायीहरुले पनि हामीले बैंकको कर्जा तिर्न सक्दैनौ भन्ने थाहा पाइसकेका छन् । हामीले राखेको धितोको मूल्यभन्दा पनि बैंकको कर्जाको साँवाब्याज बढी भइसक्यो भनेर उनीहरुले थाहा पाइसकेका छन् । आफू कालोसूचीमा जानबाट बच्नका लागि उनीहरु सडकमा आएका छन् । पत्रपत्रिकामा फोटो छापिनुबाट बच्नका लाग उनीहरु राजनीति दलको घरमा धाएका छन् । बैंकले हिजो कर्जा दिने बेलामा आँखा चिम्लेर कर्जा दियो । अहिले कर्जा उठाउन नसकेर सर्वसाधारणको पैसा डुबाउने भो ।
बैंकलाई डुबाउनमा राजनीतिक दलहरुको पनि साथ छ । पर्दाभित्र बसेर उनीहरुले चलखेल गरेका छन् । सर्वसाधारणले उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छालाई सोध्छन्, ‘बैंकबाट कर्जा लिने, अनि नतिरेर बैंक र सर्वसाधारण डुबाउने । यही हो तपाईहरुको व्यवसायी ?’ आफूले राखेको पैसा निकाल्न जाँदा बैंकले एक लाख रुपैयाँ पनि फिर्ता गर्न सक्दैन् । यो स्थिति कसले बनायो ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार