१६ मन्त्रालय सम्हालेका प्रचण्डको ध्यान आईजीपी नियुक्तिदेखि राजदूतसम्म
कुसुम सेञ्चुरी
चैत १, २०७९ बुधबार १८:४२:४६
१ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १६ वटा मन्त्रालयको जिम्मेवारी भएपछि सबै मन्त्रालयका कामकारवाही भद्रगोल हुन पुगेका छन् । गृह मन्त्रालय, अर्थ र परराष्ट्र जस्ता मन्त्रालयमा मन्त्री नहुँदा त्यहाँको कामकारवाही नै भद्रगोल हुन थालेका हुन् । यी मन्त्रालयमा र अरू थप मन्त्रालयमा यस्ता समस्याको चाङ भेटिन थालेका छन् ।
समस्याको चाङ मात्र होइन, आफूसँग जिम्मेवारी राखेका मन्त्रालयमा प्रधानमन्त्रीको अनधिकृत रुचिसमेत प्रकट हुन थालेपछि प्रधानमन्त्रीलाई सचिवहरुले भेट्न छाडेका छन् भने भेट्नका लागि पनि घण्टौसम्म पालो कुर्नुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री कार्यालयमा लाइन बस्नुपर्ने, वालुवाटारमा गयो त्यही लाइन बस्नुपर्ने तथा प्रधानमन्त्रीलाई नभेटिने उहाँको छोरी गंगा दाहाललाई सबैथोक बुझाएर आउनुपर्ने बाध्यता रहेको छ’, मन्त्रालयका एक सचिवले भने ‘मन्त्रालयका गोप्य कुरा पनि सबै स्वकीय सचिवलाई बुझाउनु पर्ने र भन्नु पर्ने बाध्यता छ ।’
गृहमन्त्रालय अन्तरगत रहेको प्रहरी प्रशासनमा काज सरुवाको आतंक नै भएको छ । त्यसका साथै प्रचण्ड र उनको सचिवालयले केही समयअघि नेपाल प्रहरीको एआईजी बढुवा र त्यसमार्फत प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि आईजीपी बनाउने ‘लाइन क्लियर’ गर्ने गरी डीआईजी अशोक सिंहलाई एआईजी बढुवामा एक नम्बरमा राखेर बढुवाको फाइल पेस गर्न मुख्यसचिव, गृहसचिव र प्रहरी महानिरीक्षकसम्मलाई दवाव दिएका थिए । तर, उनीहरूले त्यसमा आलटाल गरिरहेका बेला सिंह आफैँ उमेर विवादमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढाएसँगै राजीनामा गर्ने निर्णय गरेका कारण प्रचण्ड र उनको सचिवालय असफल भएको थियो ।
अहिले पनि ३० वर्षे सेवा अवधि हटाउने कि राख्ने भन्ने दोधारमा राखेर हुनेवाला एआईजी मध्येका एक नम्वरलाई छाडेर तेस्रो नम्बरमा एआईजी सिफारिस भएकालाई आँखा लगाउन थालेका छन् । ‘यसरी आँखा लगाउनु भनेको कुरा मिले अहिलेकै आईजीपी धीरजप्रताप सिंहलाई निरन्तरता दिन ३० वर्षे सेवा अवधि हटाउने नत्र तेस्रो नम्बरमा रहेका दीपक थापालाई अघि बढाउने नीतिमा प्रचण्ड र उनको सचिवालय रहेको छ ।
गएको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुष ११ गते मन्त्रिपरिषद्लाई पहिलोपटक विस्तार गरेका थिए । तर, त्यसयता उनको मन्त्रिपरिषद निरन्तर अस्थिर छ । पुष १० मा एमालेलगायतका दलसँग गठबन्धन गरेका दाहालले फागुन १२ देखि एमालेसँग सम्बन्ध अन्त्य गरेर नयाँ सत्ता गठबन्धन निर्माण गरेका छन । फागुन १२ अघि नै उनको मन्त्रिपरिषद पूर्ण थिएन। बरु त्यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाएको थियो। त्यसपछि त एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत सरकारबाट बाहिरिएपछि दाहालले फागुन १६ यता १६ वटा मन्त्रालयको जिम्मेवारी आफूसँग राखेका छन् ।
दाहालको मन्त्रिपरिषद अहिले जम्मा ६ सदस्यीय छ । पुष ११ मा ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्दा पनि दाहालले अर्थ, भौतिक पूर्वाधार तथा यातायात र गृह मन्त्रालयमा मात्रै जिम्मेवारी तोकेका थिए । बाँकी १८ मन्त्रालय आफैले चलाएका थिए । माघ ३ मा मन्त्रिपरिषद विस्तार गर्दा पनि उनले अरू दुइटा मन्त्रालय आफूसँग राखेका थिए । यसरी महत्वपूर्ण मन्त्रालय सम्हालेर बसेका प्रचण्डले परराष्ट्र मन्त्रालय पनि भद्रगोल बनाउन खोजेका छन् ।
यतिबेला परराष्ट्र अन्तरगतका राजदूतहरु खाली रहेका छन् । राजदूत खाली हुने देशमा क्यानाडा, न्युयोर्क–अमेरिका, जेनेभा–स्वीट्जरल्याण्ड, पेरिस फ्रान्स, बैकंक थाइल्याण्ड, अबुधावी र कुबेत छन । पदावधि सकिएपछि युएईका लागि नेपाली राजदूत केपी ढकाल स्वदेश आइसकेका छन् भने कुबेतबाट दुर्गा भण्डारी आउँदो हप्ता फिर्ता हुने क्रममा छन । यो विषयमा पनि प्रचण्डकी छोरी गंगाको विशेष चासो रहेको स्रोतको दावी छ । यसर्थ सबै मन्त्रालय रहेका नियुक्ति र सरुवामा प्रचण्डले आँखा लगाउन थालेका हुन् । भरसक मन्त्रिपरिषद विस्तार नहुँदै महत्वपूर्ण निर्णय गर्ने तयारीमा उनी लागेका छन् ।
रवि लामिछाने गृहमन्त्रीबाट पदमुक्त भएपछि माघ १४ देखि गृहको जिम्मेवारी आफूसँग राखेका प्रचण्डले माघ २३ गते रास्वपा सरकारबाट बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेका छन्।
फागुन १४ गते राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले ऊर्जा, जलस्रोत तथा सिंचाई, शहरी विकास र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्। फागुन १५ गते एमाले सरकारबाट बाहिरिएपछि अर्थ, स्वास्थ्यलगायत एमालेले सम्हालेका ८ मन्त्रालय पनि प्रचण्डकै काँधमा छन ।
यही मौका उनले एउटा सचिवको दरबन्दी पनि थप्न भ्याएका छन् । अर्थतन्त्र संकटग्रस्त भएकाले सरकारी कार्यालयमा बोतलको पानी पिउन रोक लगाउने सरकारले आवश्यकै नभएको कार्यालयमा विशिष्ट श्रेणी सचिवको दरबन्दी थपेर बोझ बनाएका हुन् । सरकारले केन्द्रीय तथ्यांक विभागलाई राष्ट्रिय तथ्यांक कार्यालयमा रूपान्तरण गरी सचिवको दरबन्दी थप गरेर सचिव रामप्रसाद थपलियालाई जम्मेवारी दिइएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार