पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गर्ने प्रयास जारी
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १८:३:२०
१ चैत, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ ‘पिटिआई’का अध्यक्ष इमरान खानलाई पक्राउ गर्ने प्रयास जारी छ ।
उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन् । तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ। खाननिवास बाहिर जम्मा भएका हजारौँ समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा भड्किने चेतावनीसमेत दिएका छन्।
भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दामा, एक र्यालीलाई सम्बोधन गर्ने क्रममा महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा, प्रधानमन्त्री रहेका वेला राज्यका नाममा प्राप्त भएका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोगमा उनलाई गिरफ्तार गर्न लागिएको इस्लामावाद प्रहरीका अधिकारीहरूले बताएका छन्।
गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्यूत भएपछि आमचुनावको माग गर्दै आएको बेला खानलाई पक्राउ गर्ने प्रयास गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार