मोदीको सुरक्षामा हेलचेक्राइ गर्ने ९ सुरक्षा अधिकारी कारबाहीमा
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १८:९:१६
१ चैत, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा हेलचेक्राइ गर्ने ९ सुरक्षा अधिकारीलाई कारवाही गरिने भएको छ । गत वर्ष प्रधानमन्त्री मोदीको पञ्जाब भ्रमणका क्रममा सुरक्षा कमजोरी गरेको अभियोगमा ९ सुरक्षा अधिकारीलाई कारबाही गरिन लागिएको हो ।
पञ्जाबको चुनाव प्रचारप्रसारमा जाँदा किसानको भीडले सडकमा अवरोध गर्दा मोदीको सवारी करीब २० मिनेटसम्म रोकिएको थियो । त्यतिबेला पञ्जाबमा भारतीय कांग्रेस नेतृत्वको सरकार थियो ।
किसानहरुले मोदीको यात्रा अबरोध गरेको घटनामाथि छानबिन गर्न सर्वोच्च अदालतले अवकाशप्राप्त न्यायाधीश ईन्दु मल्होत्राको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको थियो । सो छानबिन टोलीले प्रतिवेदन बुझाए पछि केन्द्रीय गृहसचिव अजय भल्लाले पञ्जाबका मुख्यसचिव विजयकुमार जंजुआलाई दोषीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सो घटनामा मुख्यसचिव अनिरुद्र तिवारी, डीजीपी एस चट्टोपाध्याय, एसएसपी हरमनदीप सिंह, डिप्टी आईजी सुरजीत सिंहलाई दोषी देखाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
पुष २३, २०८१ मंगलबार
लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
पुष २३, २०८१ मंगलबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार