‘यौटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २२:२३:६
१ चैत, काठमाडौं । समसामयिक विषयलाई चोटिलो गरी प्रस्तुत गर्ने नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ को तयारी गर्दै छन । खुसी छाडेर सुखको पछि लाग्नेहरुको कथा नाटकमा प्रस्तुत गरिने उनले जानकारी दिए ।
“नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउने छ । यो अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो । आर्थर मिलरद्वारा लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गर्नुभएको हो”, निर्देशक बरालले भने । नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २०औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा सात सयभन्दा बढी पटक मञ्चन भएको यो नाटक विश्वका धेरै देशमा पनि मञ्चन भइसकेको छ ।
शेखर चापागाईं, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदिभ श्रेष्ठलगायत कलाकारको अभिनय रहने उक्त नाटक चैत १० गतेदेखि सुरु भएर एक महिनासम्म चल्नेछ । निर्देशक बरालले तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यङ्ग्य गरेको नाटक ‘महाभोज’ मा निर्देशन गरेका थिए । एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन्द पराजुलीले यो नाटक निर्माण गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार