मलावी र मोजाम्बिकमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २२५ पुग्यो
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २३:४१:२३
१ चैत, एजेन्सी । दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म २२५ पुगेको छ । विपद् ब्यावस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७ जना घाइते भएको र ४१ जना हराइरहेको जानकारी दिए ।
प्रभावित क्षेत्रहरूमा मालावीको दक्षिणी क्षेत्रका ब्लान्टायर सिटी, ब्लान्टायर जिल्ला, सिक्वावा, चिराडजुलु, मचिङ्गा, मुलान्जे, नेनो, सान्जे, फलोम्बे, थियोलोलो, जोम्बा सिटी र जोम्बा गरी १२ जिल्ला र शहरहरू समावेश छन् ।
पछिल्लो अद्यावधिकअनुसार फ्रेडी चक्रवातले कम्तीमा १९ हजार ६७६ घरधुरीका करिब ८८ हजार ३ सय १२ जना विस्थापित भएका बताइएको छ ।
मलावीको सुरक्षाकर्मी तथा उद्धार सेवामा कार्यरत जनशक्तिले मलावी रेडक्रस सोसाइटी र समुदायहरूको नेतृत्वमा खोजी र उद्धार कार्य जारी राखेको छ ।
डीओडीएमएले परराष्ट्र मन्त्रालयमार्फत् विदेशी नियोग, सरकार र अन्तर्राष्ट्रिय संस्थासँग सहयोगका लागि सम्पर्क गरिरहेको जनाएको छ । यसैबीच, मलावीका राष्ट्रपति लाजरस चाक्वेराले बुधबार प्रभावित क्षेत्र र समुदायको भ्रमण गरी स्थितिको समीक्षा गर्ने कार्यक्रम रहेको छ । देशको मौसम विभागले मलावीमा स्थानीय स्तरमा वर्षा र आँधीबेहरी जारी रहने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार