उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्दै सकियो सत्ता गठबन्धनको बैठक
नेपालबहस संवाददाता
चैत १, २०७९ बिहिबार ३:२२:३२
१ चैत, काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो ।
बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको एक नेताले बताए । उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको बताइएको छ ।
उपराष्ट्रपतिका लागि दश दलभित्रबाट तीन जना उम्मेदवार छन । जनता समाजवादी पार्टी ‘जसपा’लाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले नेत्री ममता झाको मनोनयन दर्ता गराएको छ । जसपाले नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ । नेकपा ९एमाले०को तर्फबाट भने नेत्री अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा ‘एकीकृत समाजवादी’का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार