आज सन्दीपलाई कीर्तिमान बनाउने मौका
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार १४:४४:५०
२ चैत, काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ। सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्।
यदि बिहिबार युएईविरूद्ध कम्तिमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान बनाउनेछन्। अफगानिस्तानका रासिद खानले सन् २०१५ अक्टुबरमा ४४ खेलबाट १०० विकेटको कोशेढुंगा पार गरेका थिए।
पछिल्ला ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार विकेट लिइरहेका सन्दीपले अन्तिम १० खेलमा मात्र २९ विकेट लिइसकेका छन्। उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तीमा ४ विकेट र ३ पटक कम्तीमा ५ विकेट लिइका छन्।
२२ खेलबाट ५० विकेट पूरा गरेका सन्दीपले थप १८ खेलबाट ४८ विकेट लिइसकेका छन्। यदि युएईविरूद्ध कुनै विकेट नलिए बाँकी ३ खेलमा उनले २ विकेट लिए पनि उक्त कीर्तिमान आफ्नो नाममा लेखाउनेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार