गुण्डागर्दी गिरोहका दुई हजार सदस्यलाई एकैपटक जेलमा कोचियो
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार २०:४४:११
२ चैत, एजेन्सी । एल साल्भाडोर सरकारले बुधबार थप दुई हजार गुण्डागर्दीका सन्दिग्ध गिरोहका सदस्यलाई विशाल जेलमा पठाएको छ । देशका न्याय मन्त्रीले अब उनीहरू कहिल्यै सडकमा नफर्कने भनी वाचा गर्नुभएको छ । उक्त कारागारमा पहिलेदेखि नै दुई हजार बन्दीलाई राखिएको छ ।
राष्ट्रपति नायब बुकेलेको प्रशासनले गुण्डागर्दीविरुद्धको १३ महिनाको अभियानमा दशौँ हजारलाई पक्राउ गरेको छ । उनीहरूमाथि कठोर कारबाही हुने चेतावनी दिएका छन । बितेका तीन सय ५४ दिनमा करिब ६५ हजार सन्दिग्ध पक्राउ परेका छन् ।
मानवअधिकार समूहहरूले भने पक्राउ परेका कैयौँ दुव्र्यवहारको शिकार भएका तथा निर्दोष मानिस पनि प्रहरी काराबहीमा परेका बताएका छन् ।
सरकारले सामाजिक सञ्जालमा सार्वजनकि गरेको भिडियोमा हथकडी लगाइएका धेरै कैदीबन्दीलाई स्थानान्तरणका क्रममा खाली खुट्टा दौडिन बाध्य पारिएको देखाइएको छ । उनीहरूले सेतो सटमात्र लगाएका छन् । त्यसपछि उनीहरूलाई जमिनमा बस्न बाध्य पारिएको छ ।
सरकारका न्याय एवम् शान्ति मन्त्री गुस्ताभो भिल्लाटोरोले गुणडकर्दी गर्ने गिरोहका सदस्य अब कहिल्यै सडकमा नफर्कने वाचा गरेका छन । यद्यपि गिरफ्तार गरिएकामध्ये करिब ५७ हजार औपचारिक अभियोगको प्रतीक्षामा छन् । हालसम्म करिब तीन हजार पाँच सय जनामात्र रिहा भएका छन् ।
गत मार्च २७ मा देशभरि एकै दिन ६२ जना मारिएपछि राष्ट्रपति बुकेलेले गुण्डागर्दीमा संलग्न गिरोहहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए । सडक गिरोहहरूले लामो समयदेखि एल साल्भाडोरका बासिन्दालाई मार्दै रकम लुट्दै आएका छन् । गुणगर्दीविरुद्ध अभियान थालिएपछिका दुई सय दिनमा कुनै पनि नागरिक गिरोहको आक्रमणबाट मर्नुपरेको छैन ।
प्रहरीले जोसुकैलाई कारण नबताइ पक्राउ गर्न सक्छन् भने पक्राउ परेकालाई वकिल राख्ने अधिकार पनि छैन । उनीहरूलाई न्यायाधीशसमक्ष पेश नगरी १५ दिनसम्म हिरासतमा राख्न सकिने अधिकारी प्रहरीमा निहित छ । स्थानीय अधिकार समूह क्रिस्टोसलले बितेका ११ महिनामा मानवअधिकार हननका तीन हजार तीन सय ४४ घटना भएका अभिलेखीकरण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
थाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार