बढिरहेका छन् ओस्कर विजेता चलचित्रका दर्शक
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार २३:३:४२
२ चैत, काठमाडौं । विश्वकै सर्वश्रेष्ठ मानिने ओस्कर ‘एकेडेमी अवार्ड’ को ९५औँ संस्करण सम्पन्न भएसँगै ‘एभ्रिथिङ एभ्रिह्वेयर अलएटवन्स’ चलचित्र चर्चामा छ । गत सोमबार बिहान सम्पन्न अवार्डमा यसले सर्वोत्कृष्ट चलचित्रसँगै निर्देशकमा ड्यानियल क्वान, अभिनेत्रीमा मिसेल योह, सम्पादनमा पल रोजर्स, मौलिक पटकथामा निर्देशक क्वान र ड्यानियल स्किनर्ट, सह अभिनेत्रीमा के ह्यु क्वान र सह–अभिनेतामा के ह्ये क्वानले अवार्ड जित्न सफल भए ।
सात विधामा अवार्ड जितेका चलचित्र चिनियाँ–अमेरिकी लाउन्ड्री व्यवसायका मालिकले उसको लेखापरीक्षकसँग गर्ने सङ्घर्षको कथावस्तुमा आधारित छ । आर्टहाउस बजार खुम्चिएको समयमा व्यावसायिकरुपमा समेत आफूलाई अब्बल सावित गरेको चलचित्र आप्रवासी महिला पात्र एभलिन वाङले समानान्तर ब्रह्माण्ड ‘मल्टिभर्स’ सिर्जना गर्ने कथामा आधारित छ ।
यस्तै कन्सेप्ट मार्भल स्टुडियोको स्पाइडर म्यानः नो वे होम र डाक्टर स्ट्रेञ्जको शृङ्खलामा देख्न पाइए पनि यसपटक मौलिकपनले ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एटवन्स’ लाई ओस्करमा अब्बल सावित गरेको हो । प्रत्येक ब्रह्माण्डमा चुनौती, क्षमता र दृष्टिकोण फरक देखिएको चलचित्रमा ट्वीस्टले दर्शकलाई झनै आकर्षित गर्छ ।
ओस्करमा सर्वोत्कृष्ट घोषणा भएपछि यसको दर्शक नेपालमासमेत बढेका छन् । सामाजिक सञ्जालमार्फत चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिइरहेको देख्न सकिन्छ । चलचित्र लेखक सुशील पौडेलले यसको कथावस्तु र कलाकारको अभिनय सुन्दर पक्ष रहेको बताए ।
“यसमा आर्ट भ्यालु छ, जसलाई निर्देशकले व्यावसायिक पाटोमा उतार्न सफल भएका छन् । कलात्मक चलचित्रमा जोड दिइरहेकालाई यसले हौसला मिल्नेछ”, उनले भने । अभिनेता नरेन खड्काले अवार्ड जितेका विधालाई दर्शकका रूपमा सहजै महशुस गर्न सकिने बताउनुभयो । “ओस्कर अवार्ड घोषणा भएपश्चात् विजेता विधालाई झनै ध्यान दिएजस्तो लाग्छ । साँच्चै अब्बल नै पाए । हामीले सिक्ने धेरै तथ्य छन्”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ को घोषणा
पुष १५, २०८१ सोमबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू
पुष ९, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार