पुस्तक सम्पादक पारस र रोयल पुरस्कृत, लक्ष्मण र विमल सम्मानित
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार १७:५०:२८
३ चैत, काठमाडौं । चार जना सम्पादक ‘कपी एडिटर’लाई साहित्यिक पत्रकार संघले सम्मानित तथा पुरस्कृत गरेको छ । संघको स्थापना भएको ५० वर्षको अवसरमा गत २०७९ साउन २९ बाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सव मनाईँदै आएको छ ।
स्वर्ण महोत्सवको अवसरमा संघले काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको छ । संघबाट सम्मानित हुने पुस्तक सम्पादकहरुमा प्रा।डा। लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी रहेका छन् । यस्तै पुरस्कृत पुस्तक सम्पादक ९कपी एडिटर०मा पारसप्रकाश नेपाल र रोयल आचार्य छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।
कान्तिपुर दैनिकमा दुई दशकदेखि कपी एडिटरको रुपमा रहेका पारसप्रकाश नेपालले दुई दशक भन्दा लामो समयदेखि एकसय भन्दाबढी कृतिको सम्पादन गरेकाले उनलाई ११ हजार १०० रुपैयाँसहितको ‘सापस स्वर्ण महोत्सब सम्पादन पुरस्कार–२०७९’बाट पुरस्कृत गरिएको हो ।
यसैगरी एक दशक भन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सक्रिय रोयल आचार्यले एक दर्जन भन्दाबढी कृतिको सम्पादन गरिसकेकाले उनलाई ५ हजार ५०० रुपैयाँ सहित ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार–२०७९’बाट पुरस्कृत गरिएको पनि संघका अध्यक्ष लेकालीले कार्यक्रममा बताए ।
तीन दर्जन भन्दा बढी साहित्यिक कृति सम्पादन र डेढ दर्जन कृति सृजना गरेर नेपाली साहित्यमा योगदान पु¥याएको भन्दै त्रिभुवन विश्व विधालय किर्तीपुरका प्राध्यापक डा। लक्ष्मण प्रसाद गौतमलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान –२०७९’बाट सम्मानित गरिएको हो ।
यस्तै एक सय भन्दा बढी पुस्तक, आधा दर्जन साहित्यिक पत्रिका सम्पादन गरेर तीन दशकभन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सम्पादन क्षेत्रमा योगदान दिएको भन्दै सम्पादक विमल भौकाजीलाई पनि ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान –२०७९’बाट सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले बताए ।
नेपालमा साहित्य कृतिका कपी एडिटरलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्य संघबाट आफूहरुले यसपटकबाट सुरु गरेको पनि अध्यक्ष लेकालीले जानकारी गराए । सम्मानित ब्यक्तिहरु गौतम र भौकाजी तथा पुरस्कृत कपी एडिटरद्धय नेपाल र आचार्यले सम्पादन क्षेत्रमा आफूहरुको योगदान तथा भोगाईबारे कार्यक्रममा चर्चा गरे ।
नेपाली कृतिहरुलाई राम्रो बनाउन कृति सम्पादकको महत्वपूर्ण भूमिका रहने गरेको उपकुलपति शम्भु राईले कार्यक्रममा बताए । कृति सम्पादकहरु जहिले पनि छायाँमा पर्नेहुँदा उनीहरुको योगदानलाई खोजेर सम्मानित तथा पुरस्कृत गर्नु संघको प्रसँसानीय कार्य भएको राईको कथन थियो । यस्तै सहित्यिक पत्रकार संघकी कोषाध्यक्ष पद्यमावती सिंह, पूर्व अध्यक्षहरु विश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले सम्मानित र पुरस्कृत श्रष्टाहरुको योगदानको चर्चा गर्दै संघले साहित्यिक पत्रकारहरुको लागि राम्रा काम गर्दै आएको बताए ।
कार्यक्रममा गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, प्राज्ञ मातृका पोखरेल, वरिष्ठ साहित्यकार किशोर पहाडी, समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, नेपाल उपन्यास समाजका अध्यक्ष शंकर भारती, सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल, घुम्ती मुक्तक मन्च नेपालका अध्यक्ष निर्मलरमण पराजुली, कवि एक चर्चित संचारकर्मी ठाकुर बेलबासे, निबन्धकार श्रीबाबु कार्की, अनेसास पुरस्कार समिति सदस्य दीपा राई पुन, कवि मधु पाठक, सापसकी सचिव नीता श्रेष्ठ, सन्चारकर्मी सरिता भारतीलगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
रौतहटमा आईपीभी खोप दुई चरणमा सञ्चालन हुने
जेठ ९, २०८१ बुधबार
एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै
जेठ ९, २०८१ बुधबार
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
जेठ ९, २०८१ बुधबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
सिक्लेस गाउँ पर्यटकको रोजाइमा
जेठ ९, २०८१ बुधबार
पार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार