मन्त्रिपरिषद विस्तार र विश्वासको मतबारे छलफल गर्न कांग्रेसले डाक्यो बैठक
नेपालबहस संवाददाता
चैत ४, २०७९ शनिबार १९:५०:१
४ चैत, काठमाडौं । नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पानद समिति र संसदीय दलको बैठक बताएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वचन सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट लिने विश्वासको मत र त्यसपछि गठन हुने मन्त्रिपरिषदका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो। सभापति शेरबहादुर देउवाले बैठक डाक्न भनेपछि भोली विहान बस्ने गरी कार्यसम्पादन समितिके बैठक डाकिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बैठक बोलाएको हो । उपराष्ट्रपतिको निर्वाचनका क्रममा साझा उम्मेदवार बनाउन गठबन्धनका दलहरु असमर्थ भएपछि मेधशका दुई दलमा देखिएको विवादले प्रधानन्त्रीको विश्वासको मत लिने कुरामा प्रभाव पार्न सक्ने आंकलन पनि गरिएको छ । राष्ट्रपतिमा मतदान गर्ने सबै दलसँग एकचरण छलफल गर्न कांग्रेस सभापति देउावले प्रधानमन्त्रीलाई पनि सुझाव दिएका छन् ।
मुख्यसचिव पौडेलले आइतबार बिहान साढे १० बजे कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको बताए । कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिंदैछन् । प्रधानमन्त्रीको विश्वासको मत पछि मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ । कांग्रेसले सबै आफ्ना सांसदलाई प्रधानमन्त्री प्रचण्डका पक्षमा मतदान गर्न बैठकबाटै निर्देशन दिने बताइएको छ ।
कांग्रेसको कार्यसम्पादन र संसदीय दलको बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसकातर्फबाट कसले नेतृत्व गर्ने मन्त्रीमा पाउनेहरुको मापढण्ड पनि तयार गर्ने बताइएको छ । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कांग्रेसबाट नेतृत्व गरेर पठाउन चाहेपनि उनले नमानेको बताइएको छ । मन्त्री बन्न चाहनेहरुको संख्या धेरै भएको र कांग्रेसमा मुलत दुई समुह रहेकाले यसबारे छलफल गर्न बैठक बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसले कार्यसम्पादन समितिका बैठक बोलाएको हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकवाट प्रधानमन्त्री प्रचण्डलाई विश्वास दिने र प्रतिपक्षको स्थान छाड्नेबारे पनि निर्णय हुनेछ । यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । एउटै कार्यकालमा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार