दाङको बङ्गलाचुली गाउँमै अस्पताल तर छैनन चिकित्सक
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार २०:२०:५९
५ चैत, देउखुरी । दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ । बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन् । त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ ।
बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएको छ । तर चिकित्सक अभावले यहाँ बिरामीले प्रभावकारीरुपमा सेवा पाउन सकेका छैनन । बङ्गलाचुली–५ की रीता नेपाली नौ महिनाकी गर्भवती हुन । उनी बङ्गलाचुली अस्पतालमा स्वास्थ्य जाँच गराउन गइन । गर्भमा रहेको बच्चाको अवस्था बुझ्न नेपाली सो अस्पताल पुगिन । अस्पतालमा एक्सरे मेसिन भए पनि जनशक्ति अभावका कारण उक्त सुविधा लिन पाइनन। अस्पतालबाट अत्यावश्यक स्वास्थ्य सेवा पाउन नसकेको उनले गुनासो गरिन ।
“गाउँमै अस्पताल भए पनि उपचारका लागि घोराही जानुपर्ने बाध्यता छ ।” नेपालीले भनिन पूर्वाधार भएर पनि स्वास्थ्य सेवा पाउनका लागि सास्ती भोग्नु परेको स्थानीयवासीको गुनासो छ ।
स्थानीयस्तरमा अस्पताल सञ्चालनमा आए पछि यहाँका बासिन्दा गाउँघरमै सजिलै स्वास्थ्य सेवा पाइने भयो भन्दै दङ्ग परेका थिए । बङ्गलाचुली–४ रिभानका खिमबहादुर विक विशेषज्ञ सेवाका लागि पहल गरिनुपर्ने बताउछन । “अस्पताल बन्दा खुसी थियौँ, तर उपचारका लागि भने अन्यत्रै जानुपर्ने अवस्था छ”, उनले भने ।
सरकारले स्थानीय तहमा अस्पतालको अवधारणा ल्याएपछि बङ्गलाचुली गाउँपालिकाको पहलमा रू १० करोडको लागतमा अस्पताल भवन निर्माण भएको हो । स्थानीय शिवराज भण्डारीलेअस्पताल बनेपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पालिकाले पहल गर्नुपर्ने बताए ।
अस्पतालमा कार्यरत सिनियर अनमी शारदा चन्दले जनशक्ति नहुँदा स्वास्थ्य चौकीकै मापदण्डअनुरुप काम गर्दै आएको बताए । “पूर्वाधार सबै छ, तर जनशक्तिको व्यवस्थापन हुन सकेको छैन”, उनले भने ।
स्वास्थ्य शाखा प्रमुख नेबबहादुर केसीका अनुसार केही समय अघिसम्म डा वसन्त शाह अस्पतालमा कार्यरत रहे पनि उनी अध्ययनका लागि गएपछि अस्पताल चिकित्सकविहीन भएको हो । दाङका १० मध्ये १५ शय्याको अस्पताल बनेको बङ्गलाचुली पहिलो पालिका हो । बङ्गलाचुली गाउँपालिकाको केन्द्र कमिरेचौरमा २०७८ चैत ११ गते पूर्वसभामुख कृष्णबहादुर महराले अस्पतालको उद्घाटन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार