चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनीमा ग्राहकवर्ग घुईँचो, हरेक दिन अफर नै अफर
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार १३:१२:१६
६ चैत, चितवन । चितवनमा जारी चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनीमा ग्राहकवर्गहरुको दिनप्रति भिड बढ्दै गएको छ । सस्तो आरामदायी र टिकाउ भएका कारण स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइ बढेको हो ।
फागुन १७ गतेदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्र जारी प्रथम चितवन नेपाली जुत्ता÷चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड लाग्ने क्रम जारी रहेको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए । विभिन्न खालका अफरले पनि यहाँ दैनिक जुत्ता चप्पल खिन्नेको भिड लाग्ने गरेको छ ।
मेलामा बि एफ डियरहिलर बिएफ़ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । उनले ग्राहकवर्गहरुको चाहानालाई मध्य नजर गर्दै आफुहरुले हरेक दिन नयाँ नयाँ अफर नै अफर चलाएको दावी पनि गरेका छन् ।
‘धेरै ब्राण्डका जुत्ता चप्पलहरू एउटै छानामुनि राखेर उपभोक्तालाई आफ्नो रोजाइअनुसार सहज रूपमा खरिद गर्न सक्ने अवस्थाको सिर्जना गरेका छौँ विएफ डियर हिलका डाइरेक्टर सुजन उपाध्यायले भने, प्रचलित बजार भाउभन्दा कम मूल्यमा उपभोक्ताले रोजेर कुनै पनि ब्राण्डका जुत्ता चप्पल खरिद गर्न सक्नेछन्।’
चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौ जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्नेको संख्या दिनप्रतिदिन ओराई लागेको छ । नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण आफूहरूलाई मनपर्ने परेको भरतपुर २३ देखि आएका दिपक नेपालीले बताए ।
आफू रोचेको र खाजेको जुत्ता छानीछानी छुटमा लिन पाउदाँ निकै खुसी लागेको उनको भनाई छ । सामान्य दिनमा दैनिक ५ लाख रूपैयाँ बराबरको कारोबार भइरहेको व्यापार मेलामा हालसम्म करिब एक लाख भन्दा बढी ग्राहक आइसकेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार