सोमबार सुनको भाउ तोलामा सात सयले घट्यो
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार १७:२६:१२
६ चैत, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ सोमवार घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन सुन तोलाको १ लाख १० हजार रुपैया कायम भएको थियो ।
यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ३० सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १३ सय ४५ रुपैयाँ कायम रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोलामा १ लाख ६१ हजार नाध्यो सुनको मूल्य
असोज ११, २०८१ शुक्रबार
बिहीबार पनि बढ्यो सुनको मूल्य, १ लाख ६० हजार ७ सयमा कारोबार
असोज १०, २०८१ बिहिबार
सुन प्रतितोला १ लाख ६० हजार ७ सयमा कारोबार
असोज ९, २०८१ बुधबार
बर्षा नरोकिएपछि आन्तरिक उडान बन्द
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
दशैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
असोज १२, २०८१ शनिबार
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, ग्याँस लिक भएपछि स्थानीयहरु त्रसित
असोज १२, २०८१ शनिबार
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार