अर्जेन्टिनालाई पानामासँगको खेलमा जित्नैपर्ने दवाब
नेपालबहस संवाददाता
चैत ९, २०७९ शुक्रबार ०:३८:४०
९ चैत, एजेन्सी । पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन ।
गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएपछि ब्यूनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा हुने यो खेल अर्जेन्टिना राष्ट्रिय फुटबल टोली ‘अल्बिसेलेस्टे’को पहिलो खेल हो ।
मैत्रीपूर्ण खेलका लागि टिकट दुई घण्टाभन्दा कम समयमा बिक्रि भएको छ र अर्जेन्टिनाका नागरिकहरुले लियोनल मेसी र उgका सहकर्मीहरूलाई व्यापक सम्मान गर्दै खेल शुरू हुनु अघि नै खेलस्थल वरपरका सडकहरू शुभेच्छुकको ‘बाढी आउने’ अपेक्षा गरिएको छ ।
डि मारियाले बुधबार राति पत्रकारहरूसँग भने, “टोलीले के ग¥यो भनेर मानिसहरू उत्साहित छन् र हामीले यसलाई समूहको रूपमा आनन्द लिनुपर्छ ।”
“टिकट विक्रीले जे देखाएको छ त्यो पक्कै पनि टोली प्रतिको अपार शुभेच्छा र सम्मान हो । आशा छ भोलि सबै कुरा शान्त हुनेछ अर्थात् सबैले अपेक्षा गरे अनुसार नै नतिजा आउने छ ।
युभेन्टस फुटबल क्लबका प्रसिद्ध अर्जेन्टिनी खेलाडी मारियाले भने, “मानिसहरुलाई यति खुसी देख्नु अनौठो कुरा हो । यो धेरै राम्रो छ र हामी हरेक दिन यसको आनन्द लिइरहेका छौं ।”
उनले भने, “मलाई आशा छ बिहीबार पनि अजेन्टिनी खेलाडी र शुभेच्छुकका लागि एक सुन्दर दिन हुनेछ । लक्ष्य जित्नु हो, त्यही तरिकाले खेल्नु हो ।”
उनले थपे, “हामीले कतारको प्रदर्शनबाट नहौसिएर अगाडिको नतिजाप्रति ध्यान केन्द्रित गरी खेल्नुपर्छ । टाेली व्यवस्थापक लियोनल स्कालोनीले खेल आफ्नो जीतमा आउने गरी खेल्न निर्देशन दिएका छन ।” अर्जेन्टिनाले मंगलबार सान्टियागो डेल एस्टेरोको एस्टाडियो युनिकोमा हुने अर्को मैत्रीपूर्ण खेलमा कुराकाओसँग खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
४० प्लस उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
युक्रेन युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी
माघ १, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार