कोका–कोला र डोको रिसाइक्लरले काठमाडौं र भरतपुरमा पीइटी सङ्कलन बिन राख्ने
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार २१:४६:२९
१० चैत, काठमाडौं । कोका–कोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पीइटी सङ्कलन बिन राखिने भएको छ । कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पीइटी कलेक्सन बिन राखिने कम्पनीले जनाएको छ ।
काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानमा बिन राखिने जनाइएको छ । प्रयोजना अगस्ट २०२० मा स्थानीय अधिकारीको सहयोगमा सुरु भएको बोतल सङ्कलन अभियानको यो दोस्रो चरण रहेको जनाइएको छ ।
यस प्रक्रियामार्फत पीइटी बोतललाई पुन प्रयोगमा ल्याउन तथा जनचेतनामुलक सन्देश सर्वसाधारण माझ पुर्याउने उद्देश्यका साथ परियोजनाको सुरुवात गरिएको कम्पनीको भनाइ छ । यी बिनमा संकलन भएका बोतलहरु प्रत्यक हप्ता डोको रिसाइक्लरले संकलन र वर्गीकरण गरेर रिसाइक्लिङको लागि पीइटी रिकभरी प्लान्टमा पठाउँछ ।
पीइटी सामानहरु रिसाइकल गरेर नयाँ बोतलहरू, कन्टेनरहरू लगायत कपडा र कार्पेटको लागि फाइबरको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यस्ता बिनहरुबाट डोको रिसाइक्लरले हालसम्म करिब २ हजार १ सय ९५ केजी पिइटी बोतलहरु संकलन र रिकभर गरिसकेको समेत बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार