१८ करोड बैंक हिनामिना प्रकरणः फरार अभियुक्तलाई एसपी र डीएसपीकै संरक्षण
नेपालबहस संवाददाता
चैत १२, २०७९ सोमबार १:५३:५१
१२ चैत, दाङ । तत्कालिन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दामा फरार एक जनालाई प्रहरीले संरक्षण गरेको खुलेको छ । कांग्रेस दाङका पुर्ब जिल्ला सदस्य यज्ञ वलीलाई बैंक हिनामिना प्रकरणमा म्याद तामेल गर्दा पनि म्याद गुजारेर पनि पक्राउ नगरी संरक्षण गरेको हो ।
कांग्रेस दाङको उप सभापतिमा प्रतिष्पर्धा गरेका अभियुक्त वली दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले संरक्षण गर्दै आइरहेका छन । एसपीकै पावर देखाउदै उनि मुद्धा मिलाउन जिप्रका दाङसहित जिल्ला सरकारी वकिल कार्यालय धाउने गरेका छन ।
वली आफै अदालतमा हाजिर नभइ फरार रहेपछि मुद्धा मुलतबीमा राखिएको छ । उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलीले मुद्धा परेका वली हाजिर नभएकाले मुलतबिमा राखिएको र प्रहरीले वलीलाई पक्राउ गरेर अदालतमा ल्याए प्रकृया अनुसार मुद्धा अघि बढ्ने बताए ।
अदालतका अनुसार आफै हाजिर भए राम्रो र यदि नभएमा प्रहरी पक्राउ गरेर बुझाउन सक्ने प्राब्धान रहेको छ । दुइबर्ष सम्म आफै उपस्थिति हुन पनि अभियुक्त सक्ने र यदि त्यसो हुन नसके त्यसपछि पनि अदालतले आफै उनिहरु विरुद्ध फैसला सुनाउन सक्ने अदालतले जनाएको छ ।
फरार सुचिमै रहेकालाई मुलतबिमा राखिएको शाखा अधिकृत वली बताउछन । वलीलाई प्रहरीकै संरक्षण भएकाले उनी अरुका मुद्धा मिलाउन जिप्रकामा पुग्दै आएका छन । एसपी वली र डीएसपी राजन गौतम अभियुक्त संरक्षण गर्दै आएका छन । बैंक हिनामिनामा सलग्न अभियुक्तमध्ये बैंक सञ्चालक, सीईओ र सहायक सीईओसहित अधिकांशलाई अदालतले धरौटिमा छुटि सकेका छन । बेष्टर्न बैंकबाट देव विकास हुँदै अहिले कुमारी बैंकमा मर्ज भइसकेको छ ।
बैंक घोटालामा संलग्नमध्ये बैंक सञ्चालक, सीईओ लगाएको सम्पत्ति छानबिन गर्न मागसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा समेत परेको छ । १२ लाख धरौटीमा छुटेर मुद्दा खेपिरहेकाहरुमा बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, बैँक सञ्चालक समितिका सदस्यहरु घोराही रतनपुरका खड्ग बुढाथोकी, अर्जुन बुढाथोकी, निर्मल देवकोटा, वेगमबहादुर भण्डारी, शेषमणी गौतमलाई सफाई दिएको थियो ।
त्यस्तै बैंकका तत्कालिन सीईओ खिमबहादुर डिसीलाई पनि सफाई दिइसकेको छ । बैंक सन्चालक सीईओ, सहायक सिइओलाई सफाई दिएपछि सरकारी वकिल कार्यालयले थुनेर कारबाही गर्नु पर्नेलाई सफाई दिएको भन्दै उच्चको फैसला विरुद्ध सर्बोच्च अदालत पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार