आजदेखि कालिका मन्दिर परिसरमा चैतेदशैं मेला सुरु
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार १६:३६:२०
१३ चैत, बलेवा । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ ।
समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताए । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उनले जानकारी दिए । मेलाको सबै तयारी पूरा भएको छ ।
मेलालाई व्यवस्थित बनाउन खड्काको संयोजकत्वमा मूल समिति गठन भएको छ भने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालीका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ ।
त्यस्तै, पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रव खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, विद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचारप्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।
कालीका कप पुरुष भलिबल खेलमा प्रथम हुने टिमलाई रु तीन लाख, दोस्रो हुनेलाई रु एक लाख ५० हजार, तेस्रो हुनेलाई रु ७० हजार र सान्त्वना रु २० हजार नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, दोस्रो हुनेलाई रु एक लाख र तेस्रो हुनेलाई रु ५० हजार नगद पुरस्कार दिनेछ ।
यस्तै, छेलोतर्फ प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु सात हजार पाँच सय नगद पुरस्कार दिइने बताइएको छ । मेलाको लागि गत सातादेखिनै रमाइलो मेला र स्टलमा व्यवसाय सञ्चालन भइरहेको छ । चैतेदशैंमा बागलुङको गाउँगाउँमा बनाइएका घरेलु उद्यमका सामग्री पनि बिक्रीका लागि ल्याइन्छ । बाँस र निगालोबाट बनेका डोका, डाला, नाङ्ला, मान्द्रोलगायतका सामग्री ल्याइन्छन् । त्यस्तै दारको ठेका, फलामबाट बनेका विभिन्न घरेलु हतियारसमेत बिक्री गर्न ल्याउने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघेसंक्रान्ति मेलाको तयारी अन्तिम चरणमा
पुष २८, २०८१ आइतबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार