सरकारको मधुमासः गठबन्धन अदल-बदलमै तीन महिना बित्यो
कुसुम सेञ्चुरी
चैत १५, २०७९ बुधबार १८:१६:४४
१५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व सम्हालेको एक सय दिन पुग्दैछ । सरकारको नेतृत्व गरेको १०० दिन हनिमुन समय पनि हो । उनी हनिमुन समय मै छन् । यो तीन महिना उनका लागि गठबन्धन बनाउने र भत्काउनेमा केन्द्रीत भयो । अहिले पनि सरकारको गति राम्रोसँग चल्न सकेको छैन । त्यतिमात्र होइन सरकार पुर्नगठन र विस्तारमा भन्दा पनि मन्त्रालयको बार्गेनिङले गर्दा सिंहदरवारका कुनै पनि कार्यालयका काम राम्रोसँग चल्न सकेका छैनन् ।
कहिले एमालेसँग मिलेर कांग्रेसलाई टाढा राख्ने कहिले कांग्रेससँग मिलेर एमालेलाई टाढा राख्ने क्रममा प्रचण्ड सरकारको हनिमुन समय व्यतित हुदैछ । पुस १० गते एमालेसँग मिलेका प्रचण्ड फागुन १० मा आइपुग्दा एमालेसँग सम्बन्ध विच्छेद गरी कांग्रेससँगको सम्बन्धलाई नवीकरण गरेका थिए । अहिले यो कायम छ तर भागवण्डा मिलिसकेको छैन ।
सरकारको नेतृत्व गर्न पाइदैन कि भन्ने भयले एमालेसँग गाँसिएका प्रचण्डले सरकारको नेतृत्व गरेपछि राम्रोसँग मन्त्रिपरिषद विस्तार गर्न नपाई एमालेसँग सम्बन्ध विच्छेद गरे । एमाले, रास्वपा, राप्रपा सरकारबाट बाहिरिएपछि १६ वटा मन्त्रालय सम्हालेका प्रधानमन्त्रीलाई अहिले कांग्रेससँग सहकार्य गरेपछि न्यूनतम साझा कार्यक्रम पनि परिवर्तन गर्नुपर्ने बाध्यता आइलागेको छ । मंगलबार गठबन्धन दलहरुको बैठक बस्दा त्यस विषयमा पनि छलफल भएको थियो ।
तर तीन महिनामा दुई वटा न्यूनतम साझा कार्यक्रम ल्याउदा उनका लागि पनि सहज देखिएको छैन । एमालेसँग मिलेर बनाएको न्यूनतम साझा कार्यक्रमलाई कांग्रेस र अन्य दलले मान्य अवस्था छैन । त्यसकारण पनि उनले अर्को साझा कार्यक्रम तय गर्नुपर्ने अवस्था छ । त्यो कार्यक्रम बजेट अधिवेशन अघि नै ल्याउनु पर्ने उनका लागि बाध्यता छ । यी सबै बाध्यताको कारणले होला कांग्रेसलाई ‘साइज’मा राख्न मन्त्रिपरिषदमा कम सहभागिता गराउने उनको प्रयास हुँदा समयमै मन्त्रिपरिषद विस्तार गर्न सकिरहेका छैनन् ।
यही क्रममा मन्त्रिपरिषद विस्तार गर्नका लागि विश्वासको मत दिएका दलहरूसँग बेग्लाबेग्लै छलफल थालेका छन् । मंगलबार र बुधबार सामुहिक छलफल गरेका प्रचण्डले त्यसअघिका सबै दिनमा उनले वान टु वान संवाद गरेका थिए । ‘विश्वासको मत दिने सबै दलहरुलाई सरकारमा ल्याउने र सरकारमा कांग्रेससको सहभागिता कम गराउने प्रधानमन्त्रीको योजना रहेको छ’, माओवादीको उच्च स्रोतले भन्यो । गत बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँग एकल संवाद गरेका प्रचण्डले शुक्रबार दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एक्लै भेटघाट गरे ।
एकीकृत समाजवादीले तीनवटा मन्त्रालयमा दाबी गर्दै आएको छ । आइतबार र सोमबार एस पार्टीले प्रचण्डसँग छलफल गरी मन्त्रालयमा बार्गेनिङ गरेको थियो । कांग्रेसले गृह र अर्थ दुवै दावी गरेपछि प्रचण्डले कांग्रेसबाट गृह खोसेर आफैसँग राख्ने प्रयासमा लागे तर एसले तीन महत्वपूर्ण मन्त्रालय दावी कायमै राख्यो । त्यसका लागि प्रचण्डले माधव नेपाललाई मनाउन खोजिरहे पनि सफल देखिएका छैनन् तर यो क्रम जारी नै छ । गत शुक्रबार प्रचण्डले लोसपाका नेताहरूसँग भेट गरेर सरकारमा आउन आग्रह गरेका थिए । भेटमा अध्यक्ष महन्थ ठाकुर, नेताहरू सर्वेन्द्रनाथ शुक्ला र शरतसिंह भण्डारी सहभागी थिए । लोसपाले त्यसअघि बिहीबार मात्रै मन्त्रिपरिषदमा सम्मानजनक सहभागी हुनुपर्ने निर्णय गरेको थियो ।
६ चैतमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले ७ गते बिहान कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरे । त्यसैगरी शुक्रबार दिउँसो कांग्रेस नेता बालकृष्ण खाँणलाई बालुवाटारमा बोलाएर भेटेका थिए । सरकारको हनिमुन समय यसैगरी नेताहरु भेटघाट गरेर बिताउने परिस्थिति बनिरहेको छ । माओवादीले गृहमन्त्रालयमा लिएको अडानकै कारण यस्तो अवस्था आएको गठबन्धनमा सहभागी दलका नेताहरुले बताइरहेका छन् । अहिलेसम्म कसको कुन मन्त्रालय हो भन्ने टुंगो लगाउन सकेका छैनन् । सत्तारुढ दलहरुले पनि आफ्नो दलबाट पठाउनुपर्ने मन्त्रीहरु पठाएका छैनन् । प्रधानमन्त्री प्रचण्डले पनि मन्त्रिपरिषद आजै विस्तार गरिहाल्छु भनेर भन्न सकेका छैनन् ।
एक महिना यता एकल मन्त्रिपरिषद बैठक राखेर जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिनेदेखि अयोग्य लडाकुको नाममा राहत वितरण गर्ने निर्णयसम्म गराएर गठबन्धन दलहरुलाई अल्मल्याइ राखेका छन् । त्यतिमात्र होइन १६ वटा मन्त्रालय सम्हालेपछि मन्त्रालयका सबै काम ठप्प भएका छन् । प्रधानमन्त्रीले काम गर्न त के सचिवहरुलाई भेट गर्न भ्याउने अवस्था नै छैन । पार्टीको काम सरकारी काम, गठबन्धन दलको बैठक यी र यस्ता कामले प्रधानमन्त्रीलाई तीन महिनादेखि अल्झाइरहेको छ । उनीपनि यस्तै काममा रमाइरहेका छन् । विश्वासको मत लिएको एक साता वितिसक्दा पनि उनले सरकार विस्तारमा सफलता हासिल गर्न सकेका छैनन् । मन्त्रालय बाँडफाँड नटुंगिदै प्रचण्डले महत्वपूर्ण निर्णयहरु भने गर्न छाडेका छैनन् ।
गृहअन्तर्गतका महत्वपूर्ण निर्णय गर्दै आएका छन् । गृह मन्त्रालयका सहसचिवदेखि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको सरुवा, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको बढुवासम्म प्रधानमन्त्री र उनको सचिवालयले गरेको छ । अर्को पार्टीबाट मन्त्री आए अनुकूल व्यक्तिलाई सरुवाबढुवा गर्न पाइन्न भन्ने नियत राखेर मन्त्रालयमा सरुवाबढुवाले तीव्रता पाएको छ । दाहालले माओवादी केन्द्रकै आफूनिकट नेतालाई गृह दिन लागिपरे पनि नेकपा एसको दाबी पनि त्यसैमा रहेपछि सरुवाबढुवालाई प्राथमिकता दिएका हुन् । प्रचण्डले महत्वपूर्ण निर्णय गर्ने यता दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्ने पनि भैरहेको छ ।
राष्ट्रपति , उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता संवैधानिक तहमा भाग नपाएको सत्ता गठबन्धनमा रहेको अर्को घटक नेकपा एसले रोजेको मन्त्रालय र संख्या पाउनुपर्ने अडान राखिराखेका छन् । संसदमा रहेका अन्य दलहरुले पनि यी यस्तै विषय उठाएर बार्गेनिङ गरिरहेका छन् । यीनै दबाब र अडानबीच संघ र प्रदेश सरकारमा सहमति गर्दै मन्त्रिपरिषद विस्तार गर्न सत्ता साझेदार चार दलका शीर्ष नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन्, यद्यपि उनीहरु निष्कर्षमा पुगेका छैनन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार