माटोमा अम्लियपन कम हुँदा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १९:५४:४७
१५ चैत, तुलसीपुर । तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीन भन्दा कम रहेको पाइएकाले बालीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिइएको छ । उपमहानगरपालिकाका विभिन्न स्थानको करिब सात सय ५० नमूनाको परीक्षण गर्दा माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेको पाइएको हो ।
तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले अहिले तुलसीपुरका माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेकाले उत्पादन घटिरहेको भन्दै प्राङ्गारिक मल हाल्न सुझाव दिएको बताए । “अहिले तुलसीपुरको माटोको अम्लियपन घटिरहेको छ । यसले उत्पादन पनि घटिरहेको छ”, उनले भने ।
प्रमुख गौतमले माटोमा नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा कमी रहेको पाइएको बताए । पोटासको मात्रा मध्यम रहेकाले सिफारिस गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
प्रमुख गौतमका अनुसार जति सिफारिस गरिएको छ, त्यति मात्रै चुन प्रयोग गर्नुपर्ने, प्राङ्गारिक मल एक हजार केजी प्रतिकट्ठा मात्रै प्रयोग गर्नुपर्छ । “बिरुवालाई विभिन्न १६ खाद्य तत्व आवश्यक पछ्र्र तर रासायनिक मलले तीन किसिमका तत्व मात्रै प्रदान गर्ने भएकाले प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने छ”, उनले भने ।
उपमहानगरपालिकाका १९ वटै वडामा माटोको परीक्षण गरिएको हो । माटोमा अम्लियपन बढाएर छ दशमलव पाँच पु¥याउनका लागि प्राङ्गारिक मल हाल्न सुझाव दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार