तनहुँ–१ मा भट्टराई र चितवन–२ मा श्रेष्ठ कांग्रेसका उम्मेदवार, बारा-२ मा जसपालाई सघाउने
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार १८:२०:५५
१६ चैत्र, काठमाडौं । नेपाली कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई प्रतिनिधिसभाको उपनिर्वाचनमा उम्मेदवार बनाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको वैठकले दुई नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
चितवन–२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि १० वैशाखमा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा यसअघि कांग्रेसबाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ उम्मेदवार थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार तय गरिसकेको छैन । यद्यपि उसले सभापति लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।
तनहुँ–१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदावर बनाइएका भट्टराई नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन् । तनहुँ–१ मा यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको हो । उता, पार्टीले टिकट दिने निर्णय गरेपछि जितनारायण श्रेष्ठले प्रतिक्रिया दिँदै आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।
उनले गत मंसिरको नतिजाको ठीक उल्टो परिणाम पनि आउने बताए । उनले भने, ’मंसिरको उल्टो परिणाम आउँछ । जनतामा रहेको निराशाका कारण नतिजा त्यस्तो आयो । रविजीले प्रचारबाजी र फन्डा गर्नुभयो, त्यसमा चितवनका जनताले हो कि भनेर झुक्किनुभयो । तर अहिले त्यो कुरा चितवनका जनताले बुझिसके ।’
तनहूँमा यसअघि कांग्रेस उम्मेदवार पौडेल २५ हजार ३ सय १८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९ सय ४३ मत ल्याएका थिए । त्यस्तै पूर्वमन्त्रीसमेत रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ मत ल्याएका थिए । तनहुँ–१ मा अन्य पार्टीले भने उम्मेदवार तय गरिसकेका छैनन् ।
त्यस्तै बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । बारा–२ का तत्कालीन प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको हो । यसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएपछि समाजवादीले पनि दुई निर्वाचन क्षेत्रमा कांग्रेसलाई सघाउने छ । तर, यी क्षेत्रमा जसपाको खासै प्रभाव भने छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार