बारा २ को उपनिर्वाचनमा तीन खेलाडीसँग उपेन्द्रको भीडन्त
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार २०:४४:३२
१६ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाहेक नै मधेश केन्द्रित दलका दई हस्तीहरुसँग भीडण्त हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबाट साझा उम्मेदवार बन्न लागेका यादवालाई चुनाव जित्न चार प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सहज भने देखिएको छैन् । सरसर्ती हेर्दा चुनाव जित्न उपेन्द्रले नेकपा एमाले, जसपा र जनमताका उम्मेदवारलाई पराजित गर्नुपर्छ ।
बारा–२ मा आगामी वैशाख १० गते संघीय सांसदको लागि उपनिर्वाचन हुने पक्क भइसकेको छ । उपनिर्वाचन नजिकिएसँगै गठबन्धनको आधिकारिक उम्मेदवार खोजेकका उपेन्द्रलाई मधेशका अन्य दल जनमात पार्टी र लोकतान्त्रिक समाजवादी (लोसपा) ले छक्ने प्रयास गरेका छन् । बारा–२ बाट संघीय सांसद निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । जसपाले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गििसकेको छ । सो पार्टीको बारा क्षेत्र नम्बर २ क्षेत्रीय समितिले सो क्षेत्रको उपनिर्वाचनमा अध्यक्ष यादवको नाम सिफारिस गरेको हो ।
यता, संघमा नै उपराष्ट्रपतिमा जसपालाई चुनौति दिएको जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराएर बारा–२ बाट उपेन्द्र यादवसँग भिडाउने भएको छ । सीके राउतले ४ मंसिरको चुनावमा सप्तरी २ मा उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका थिए । उपराष्ट्रपतिको मनोनयनकै क्रममा रामसहायलाई सत्तारुढ गठबन्धनको उम्मेदवार हुनबाट रोक्न चाहेका राउतले आफ्नो दलबाट ममता झालाई उम्मेदवार बनाएका थिए । तर राउत सफल भएनन्, सत्ता गठबन्धन दलको समर्थनमा उपेन्द्रले बाजी मारे । रामसहाय उपराष्ट्रपति चुनिए र बारा–२ मा उपनिर्वाचनका लागि खाली भयो ।
यसअघिको चुनावमा रामसहायप्रसादले १३ हजार ८२२ मत ल्याएर चुनाव जितेका थिए । तत्कालिन समयमा माओवादीका उम्मेदवार रहेका कुशवाह ३५४ मतान्तरले पराजित भएका थिए । त्यतिबेला रामसहाय जसपा–एमाले गठबन्धनको उम्मेदवार थिए भने शिवचन्द्र कांग्रेस–माओवादी–एकीकृत समाजवादी–लोसपासहितका गठबन्धनको उम्मेदवार थिए । १० वैशाखको उपनिर्वाचनमा आफ्नो दल माओवादी केन्द्रले समेत उपेन्द्रलाई सघाउने संकेत पाएपछि शिवचन्द्र कुशवाह जनमत प्रवेश गरेका हुन् । ०५२ सालमै भूमिगत भएर माओवादीको राजनीति गरेका कुशवाह २०६४ सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । २०७० सालमा भने उनले माओवादीबाट टिकट पाएनन्, सद्भावनामा गएर चुनाव लडेका थिए । पछि नयाँ शक्ति पार्टी हुँदै फेरि माओवादी केन्द्रमा फर्किएका थिएका थिए ।
यस्तै जसपाका अध्यक्ष यादवलाई एमालेको टक्कर पनि गतिलै छ । यो क्षेत्रमा एक्लै चुनाव लड्दा एमाले बलियो छ । यो क्षेत्रमा एमालेले उम्मेदवार तय गरिसकेको छैन । तर बारा–२ का कतिपय नेता कार्यकर्ताले पूर्वखेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राखेका छन् । मिसन ग्रास रुट अभियानका क्रममा पर्सा बारामा पुगेका केन्द्रीय नेताहरुसँग स्थानीय नेता कार्यकर्ताले पुरुषोत्तमलाई नै टिकट दिन आग्रह गरेका थिए । प्रदेश कमिटी सदस्य एवं बारा–२ को क्षेत्रीय अध्यक्ष राजेश साहले पार्टीले पुरुषोत्तम पौडेललाई टिकट दिए आफूहरुले जिताएर देखाउने भन्दै नेताहरुलाई दावाव दिएका थिए ।
बारा–२ मा पर्ने पाँचवटा पालिकामध्ये महागढीमाई नगरपालिका, पचरौता, देवताल र करैयामाई गाउँपालिकामा एमालेले धेरै मत पाउने र सुवर्ण गाउँपालिकामा जसपासँग प्रतिस्पर्धा हुने स्थानीयहरु बताउँछन् । अध्यक्ष यादव यसअघिको चुनावमा सप्तरी २ बाट पराजित भएका थिए । बारा २ बाट विजय रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएपछि यहि क्षेत्रबाट उनले संसद छिर्न कोसिस गरेका हुन् । यादवबिरुद्ध लोसपाले पनि उम्मेदवार दिने तयारी गरेको छ । लोसपाबाट राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय नै भइसकेको छ ।
बिहीबार काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ को उपनिर्वाचनमा महतोतलाई उठाउने सर्वसम्मत निर्णय गरेको हो । महतो सम्भवत शुक्रबार नै चुनावी तयारीका लागि बारा २ मा पुग्ने तयारमिा छन् । उनी मंसिर ४ को निर्वाचनमा सर्लाही २ माओवादीका उम्मेदवार महिन्द्र राय यादवसँग पराजित भएका थिए । बारा २ मै सीके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने जस्तै छ । बारा–२ मा उपेन्द्र यादवलाई सघाउने पार्र्टीको निर्णयप्रति कांग्रेसका कार्यकर्ता भने असन्तुष्ट देखिएका छन् ।
केन्द्रमा चारदलका शीर्ष नेताहरूले जसपाका अध्यक्ष यादवलाई साझा उम्मेदवारका रूपमा उठाउने आन्तरिक रूपमा तयारी गरिरहँदा केन्द्रले गरेको निर्णय तिनकै कार्यकर्ताहरूले मान्ने अवस्था जिल्लामा देखिँदैन । गएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा शून्य अवस्थामा पुगेको कांग्रेसले यस पटक बारा–२ आफूले पाउनुपर्ने जिल्ला नेताहरुको दावी छ ।
बारा निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका ५ वटा स्थानीय तहमध्ये महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकाको प्रमुख, उपप्रमुख नेपाली कांग्रेसको नेतृत्वमा छ । क्षेत्रीय सभापति यादवले कांग्रेसले आफ्नो उम्मेदवार उठाए उपेन्द्र यादवको हार हुने दाबी नै गरेका छन् । मधेस प्रदेशमा चुनावी गठबन्धन सफल नभएकाले केन्द्रमा सरकार बनाउन भएको गठबन्धनलाई चुनावी गठबन्धन भन्न नमिल्दैन उनको तर्क छ । बारा–२ मा कांग्रेस एक्लै लड्दा जित सुनिश्चित भएको दाबी उनीहरुको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार