आज सगरमाथा जलविद्युतको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिदै
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार १८:२६:४
१७ चैत, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज चैत १७ गते दिउँसो ३ : ३० बजे आफ्नै कार्यालयंमा आईपीओ बाँडफाँट गर्ने तय गरिएको छ।
यसमा मागभन्दा ४.४८ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ। यसमा १४ लाख ३३ हजार ७७७ जनाले कुल १ करोड ६० लाख ७६ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन्।
जसमा ३ लाख ५८ हजार १७६ जनाले मात्र शेयर हात पार्नेछन्। बाँकी १० लाख ७५ भन्दा धेरै जनाको भने हात खाली हुनेछ। कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९५ अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्याएको थियो। यसमध्ये १०५ ‘४ लाख ३६ हजार ८ सय कित्ता’ शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यस्तै, कम्पनीले ५५ अर्थात २ लाख १८ हजार ४०० कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि र ३५ ‘१ लाख ३१ हजार ४० कित्ता’ शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको थियो। बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले सगरमाथा जलविद्युतलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ। इक्रा नेपालले २०७९ असार १ गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ २०८० जेठ ३० गतेसम्म बाहल रहनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार