राजीनामा बुझाउन बालुवाटार पुगे अब्दुल खान, गठबन्धनबाट बाहिरिने जनमतको चेतावनी
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार २०:२४:३३
१२ चैत, काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीबाट खानेपानी मन्त्री भएका अब्दुल खानले राजीनामा दिएका छन् । मन्त्री अब्दुल खान अहिले राजीनामा बुझाउन उनी बालुवाटार पुगेका छन् । जनमतले मागेको मन्त्रालय नपाए सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । अहिले प्रधानमन्त्री र मन्त्री खानबीच छलफल चलिरहेको बताइएको छ ।
जनमत पार्टीले उद्योग मन्त्रालय दाबी गर्दै आएको थियो । मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन , स्रोतका अनुसार जनमतले आफुले भनेको मन्त्रालय नदिने भए यो गठबन्धनमा बस्नुको उचित्य नहुने बताउँदै आएकको थियो । नेपालबहसले मन्त्री खानसँग कुरा गर्न खाेज्दा उनको माेबाइल पनि सम्पर्कविहिन बनाइको पाइएको छ ।
मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो । तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएको खानको सचिवालयले जनाएको छ ।
जनमतले सुरुदेखि नै उद्योग या कृषिमध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको थियो । तर, त्यसबेला दुवै मन्त्रालय एमालेले लिएको थियो । त्यसबेलै असन्तुष्ट रहेको जनमतलाई प्रधानमन्त्री प्रचण्डले पछि मिलाउछु भनेपछि जनमत सरकारमा गएको थियो । तर, अहिले मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले मन्त्रीबाट राजीनामा दिएका हुन् ।
बिहानसम्म सहमति भएका मन्त्रालय एकाएक फेरिएपछि गठबन्धनमा खटपट सुर भएको छ । अहिले पनि मन्त्रालय तलमाथि पार्ने काम भइरहको छ । प्रधानमन्त्रीले शपथ अगाडी मात्रै वास्तविक मन्त्री मन्त्रालयको विवरण राष्ट्रपतिलाई बुझाउने तयार गरेको बताइएको छ । अहिले मन्त्रिमण्डल भागबण्डको विषयलाई लिएर सबै दलमा चर्को विवाद देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार