पदबहाली लगतै अर्थमन्त्री महतको गर्भनर अधिकारीसँग छलफल
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार २३:५६:६
१७ चैत, काठमाडौ । अर्थ मन्त्रालयको जिम्मेवारी लिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान अर्थतन्त्रको अवस्थाका विषयमा पहिलो पटक नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । उनले पदभार ग्रहण गरे लगत्तै गभर्नरसँग छलफल सुरु गरेका हुन् । पदबहाली र कर्मचारीलाई केही निर्देशन दिएपछि अर्थमन्त्रीको कार्यकक्षमा महत र गभर्नर अधिकारीबीच छलफल भएको हो ।
पदबहाली गर्दै अर्थमन्त्री महतले आर्थिक समस्याको निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नुपर्ने बताएका थिए । अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच राजस्वको स्थिति, राजस्व संकलन, साधारण खर्च कटौती, अर्थतन्त्रलाई लयमा ल्याउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना, अर्थ मन्त्रालयले दिनुपर्ने प्राथमिकीकरण लगायतका विषयमा छलफल भएको बताइएको छ । सहकारी तथा लघुवित्तमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकले गर्नसक्ने काम र अर्थतन्त्रका समग्र समस्याबारे छलफल भएको छ ।
अर्थमन्त्री र गभर्नरबीच माइक्रोफाइनान्स तथा सहकारीका समस्या, उच्च ब्याजदर, शेयरबजारमा आएको समस्या कसरी सम्बोधन गर्ने भन्नेबारे पनि छलफल भएको छ । आर्थिक क्षेत्रमा क्रियाशील उद्यमी, गैरआवासीय नेपाली, व्यवसायी सबैलाई समेटेर सकारात्मक वातावरण बनाउन अर्थ र राष्ट्र बैंकबीच समुन्वय, मिटरब्याज पीडितको समस्या तथा उद्योगीका गुनासा र आगामी बजेटका विषयमा पनि छलफल भएको बताइएको छ ।
सार्वजनिकरुपमा अहिलेको आर्थिक निरासालाई आशामा बदल्न राष्ट्र बैंकसँग समन्वय गर्ने यसअघि नै उनले बताएका थिए । पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिँदा आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल हुन नसकेको विषय पनि उठेको स्रोतको भनाइ छ । नवनियुक्त अर्थमन्त्रीले गभर्नर अधिकारीसँग मिलेर जाने सन्देश दिन पनि उनीलाई पहिलो छलफलमा बोलाइएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार