स्वास्थ्य क्षेत्रमा ३ अर्ब लागतको वित्तीय प्रबन्ध परियोजना सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २२:५६:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_4fyO9B9o8I.gif)
२० चैत, काठमाडौं । यूएसएआईडी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको साझदारीमा स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजनाको सुरुवात भएको छ । नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडीले सोमबार नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा उक्त परियोजनाको सुरुवात गरेको हो । उक्त परियोजनाको बजेट करिब ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।
यस परियोजनाले दसौं लाख नेपालीको स्वास्थ्य सुधारका निम्ति काम गर्ने बताइएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय तहलाई वित्तीय सहायता प्रदान गरिने अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दूतावासले यस साझेदारीले नेपाली नागरिकहरूलाई उचित, उत्तरदायी र दिगो स्वास्थ्य सेवा प्रदान गर्न संघीय र उपराष्ट्रिय तहहरूमा नेपाल सरकारको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने जनाएको छ ।
यसले नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजनाका लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने बताइएको छ । परियोजनामार्फत यूएसएआईडीले विकट भौगोलिक क्षेत्र तथा सीमान्तकृत समुदायहरूमा जीवनयापन गरिरहेका जनताले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाउने र उनीहरू आकस्मिक अवस्था, तनाव तथा धक्काहरू सम्बन्धी तयारी र प्रतिकार्य गर्न अझ बढी सक्षम भएको सुनिश्चित गर्न नेपाल सरकारसँग सहकार्य गर्ने भनिएको छ ।
दूतावासले यो साझेदारी नेपालको स्वास्थ्य क्षेत्रमा दशकौं लामो अमेरिकी सहयोगका साथै कोभिड–१९ महामारीको समयमा नेपाल सरकारलाई मद्दत गर्दाको निकट अनुभवमा आधारित रहेको जनाएको छ । नेपालको स्वास्थ्य क्षेत्र र विकासमा सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको र यूएसएआईडीको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना सबै नेपाली नागरिकहरूका लागि उचित र सुदृढ स्वास्थ्योपचार सेवा हासिल गर्न महत्त्वपूर्ण कदम रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार