दश अर्बको विकास ऋणपत्र बिक्री गर्ने सरकारको तयारी
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २३:१०:५०
२० चैत्र, काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन १० अर्बको ऋणपत्र जारी गर्ने तयारी गरेको छ । नेपाल राष्ट बैंकले सोमबार सूचना जारी गर्दै आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्रीका आह्वान गरेको छ । विकास ऋणपत्र २०८५ ‘छ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष रहेको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको सूचना अनुसार ऋणपत्रका लागि मंगलबार बोलकबोल हुँदैछ ।
बुधबार ऋणपत्र निस्कासन गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्रमा ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकको भनाइ छ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले लगानी गर्न पाउँछन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन÷दिन पाइन्छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निस्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० अर्ब र १ अर्ब ५ करोड छुट्याइएको छ ।
यस्तै, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार