भन्सार प्रकरणः प्रज्ञापनपत्र डिलीट गर्ने भन्सार प्रतिनिधि खरेलले लगिन ४२३ परिवर्तन गरी लगिन ७९७ बाट भन्सार जाँचपास गर्दै
नेपालबहस संवाददाता
चैत २०, २०७९ मंगलबार १:५७:५४
२० चैत्र, विराटनगर । गत फागुन महिनाको पहिलो हप्तामा भन्सार प्रतिनिधिसँगको सेटिङ्गमा भन्सार जाँचपासलाई प्रमाणीकरण गरेका विराटनगर भन्सारका तत्कालिन भन्सार प्रमुखलाई अर्थ मन्त्रालयले सरुवा गरेर भन्सार विभागमा रहेका ज्ञानेन्द्रराज ढकाललाई पठाएसँगै प्रज्ञापनपत्र डिलीट गर्ने भन्सार प्रतिनिधि शरण खरेलले नयाँ भन्सार एजेन्टको नयाँ लगिन प्रयोग गरी भन्सार जाँचपासमा संलग्न हुन थालेका छन् ।
अर्थ मन्त्रालयले पनि एउटै प्रकरणमा प्रमुख भन्सार अधिकृतलाई मात्रै सरुवा गरेर भन्सार जाँचपासमा संलग्न भन्सार प्रतिनिधिलाई भने अहिलेसम्म कुनै कार्वाही समेत नगरी उन्मुक्ति दिने प्रयास भएको भन्दै विराटनगर भन्सारका एजेन्टहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन । विराटनगर भन्सारमा कार्यरत रहेका विभिन्न भन्सारका भन्सार एजेन्टका प्रतिनिधिहरुले गर्ने अबैध कामलाई निरुत्साहित गर्नका लागि भएपनि उक्त प्रकरणमा संलग्न भन्सार प्रतिनिधिलाई भन्सार विभागले अहिलेसम्म कार्वाहीको दायरामा समेत नल्याएको कुरा भन्सार एजेन्टहरुले बताएका छन ।
भन्सारको राजश्व छली प्रकरणमा भन्सार प्रतिनिधि शरण खरेलले भन्सार जाँचपास गर्ने क्रममा प्रयोग गरेको भन्सार एजेन्ट ईश्वर केसीको एजेन्ट नम्बर ४२३ को लगिन प्रयोग गरेर माल जाँचपास गरेको भन्दै ती भन्सार एजेन्ट र उनका विराटनगर भन्सार प्रतिनिधि पनि कार्वाहीको भागिदार भएको जानकारी विराटनगर भन्सारका एजेन्टले दिएका छन । यता अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्सार प्रतिनिधि खरेललाई भन्सार विभागले नै उन्मुक्ति दिने प्रयास सुरु गरेपछि पछिल्लो समय प्रतिनिधि खरेलले एजेन्ट नम्बर ४२३ छोडेर भन्सार विभागमा भर्खरै मात्र दर्ता भएको मनिसा ओलीको एम.एस. क्लियरिङ्गको लगिन नम्बर ७९७ बाट विराटनगर भन्सारमा प्रतिनिधि भई भन्सार जाँचपासमा खुलेयाम संलग्न हुन थालेका छन ।
केही दिन अगाडी मात्रै राजश्व अनुसन्धान विभागको टोलीले विराटनगर भन्सारबाट जाँचपास भएर गएको करिब दुई ट्रक सामान कन्टेनर खाली गरी स्थानीय एक ढुवानीमार्फत काठमाडौं पठाउँदा राजश्व छली प्रकरणमा पक्राउ परेको भन्दै उक्त प्रकरणमा पनि भन्सार प्रतिनिधि खरेल नै संलग्न हुनसक्ने आशंका भन्सार जाँचपासमा संलग्न अरु भन्सार एजेन्टले व्यक्त गरेका छन । तर उक्त कुराको पुष्टि हुन बाँकी रहेको छ ।
विराटनगर भन्सारमा रहेका भन्सार प्रतिनिधि शरण खरेल एजेन्ट नम्बर ४२३ को काठमाडौं क्लियरिङ्ग एण्ड फरवर्डिङ्गका भन्सार प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न हुँदा नयाँ भन्सार कर्मचारीसँग सेटिङ्गमा काम गर्न असहज भएपछि भन्सार विभागकै निर्देशनमा प्रतिनिधि खरेलले नयाँ भन्सार एजेन्टको लगिन नम्बर ७९७ को भन्सार प्रतिनिधि भएर काम गर्न थालेको समाचार स्रोतहरुले बताएका छन ।
भन्सार जाँचपासमा पटकपटक विवादमा तानिदै आएका शरण खरेल संलग्न भएर घटाएको घट्ना सार्वजनिक भएपछि विराटनगर भन्सारमा सरुवा भई आएका नयाँ भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले पनि भन्सार एजेन्ट र भन्सार प्रतिनिधिको परिचयात्मक कार्यक्रममा लामो समयदेखि विराटनगर भन्सार भित्र हुने भन्सार प्रतिनिधिको सेटिङ्गदेखि राजश्व छलीमा संलग्न हुने विरुद्घ आफु कडा रुपमा प्रस्तुत हुने र कुनै सम्झौता नगर्ने चेतावनी दिएका छन ।
विराटनगर भन्सारको भन्सार जाँचपासमा संलग्न एजेन्ट नम्बर ४२३ बीरगञ्ज भन्सारको भन्सार एजेन्टमा कार्यरत रहेर उनकै प्रतिनिधिका रुपमा शरण((सन्तोष) कार्यरत रहँदै आएकामा अहिले खरेलले आफु कार्वाहीबाट बच्नका लागि मनिसा ओलीको नाममा रहेको एम.एस. क्लियरिङ्गको लगिन नम्बर ७९७ बाट भन्सार जाँचपासमा खरेल सक्रिय दावी विराटनगर भन्सारका एक कर्मचारीले गरेका छन । गत फागुन महिनामा भन्सार प्रतिनिधि खरेललाई चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका सामान भन्सार जाँचपास गर्ने क्रममा करोडौं राजश्व छली गरी सेटिङ्गमा सामान जाँचपास गराएको आरोप लागेको कुरा भन्सार एजेन्टले जानकारी दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार