एनएमबि बैंकको चार अर्ब बराबरको ऋणपत्र बिक्री खुला
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार १९:५९:१४
२१ चैत, काठमाडौं । एनएमबि बैंकले मंगलबारदेखि चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बैंकले बिक्री खुला गरेको हो ।
सो ऋणपत्र मध्ये २४ लाख इकाई बैंकको पहलमा अन्य संघसंस्थालाई बिक्री गरिनेछ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
बैंकका अनुसार उक्त ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको छ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ । यस ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख ५ गतेसम्म खुला रहनेछ ।
एनएमबि बैंकले १० वर्ष अवधिको ‘एनएमबि डिबेन्चर १०।७५ प्रतिशत २०८९÷९० जारी गरेको हो । यसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने जानकारी दिएको छ ।
यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकालीमा डुङ्गा सञ्चालनमा एसएसबीले अवरोध गर्दा समस्या
चैत २१, २०७९ मंगलबार
अदालतद्वारा जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
चैत २१, २०७९ मंगलबार
शहीद स्मारक ए डिभिजन लिगः जावलाखेलकाे पराजयमा फ्रेन्ड्स क्लबको पहिलो जित
फागुन ३०, २०७९ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार