अदालतद्वारा जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार १८:१९:१६
२१,चैत, धनुषा । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र राजेशकुमार साह, नायब सुब्बा उषा मिश्रा तथा लेखापाल उत्तमराज शर्मा ढकाललाई भ्रष्टाचारी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पाँच जनालाई भारत सरकारको सहयोगमा आठवटा परियोजना ठेक्का लागेकोमा पाँचवटा परियोजनामा अनियमितता भएको भन्दै भ्रष्टाचारी ठहर गर्ने फैसला गरेको हो ।
विभिन्न परियोजनाको ठेक्का लगाउने क्रममा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनालाई विपक्षी बनाएर २०७५ कात्तिक १५ गते मुद्दा दायर गरेको थियो । दश जनामध्ये पाँच जनालाई विशेष अदालतले सफाइ दिएको छ भने पाँचलाई दोषी ठहर गरेको छ ।
परिषद्बाट गठित बोलपत्र मूल्याङ्कन समितिले विभिन्न मितिमा मूल्याङ्कन गर्दा लागत अनुमान अङ्कमा बदनियतपूर्वक विभिन्न परियोजनामा मूल्याङ्कन सिफारिस गरेको विशेष अदालतको ठहर छ । अनुमान अङ्कभन्दा ३० प्रतिशतभन्दा धेरै घटेको भन्दै बोलपत्र अमान्य भएको देखाउँदै केही बोलपत्रलाई मूल्याङ्कन प्रक्रियामा समावेश नै नगराइएको भेटिएको छ ।
यसरी लापरबाहीपूर्वक मूल्याङ्कन र बोलपत्र स्वीकृत गर्दा परिषद्लाई रु ६२ लाख ८८ हजारभन्दा बढीको घाटा भएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो । साथै, निर्माण कार्यका विभिन्न वस्तुमा ठेक्का सम्झौता भएकोमा इकाइ दरमा घटबढ हुने गरी भिन्न स्वीकृत गरेको भेटिएको थियो ।
यसले परिषद्लाई थप नौ लाख ८५ हजार र अर्को ठेक्कामा तीन लाख ५४ हजारको अनियमितता भएको दाबी अख्तियारले गरेको थियो । अख्तियारले कूल रु ७६ लाख २८ हजारभन्दा बढी रकम बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । दोषी ठहर भएका पाँचैजनाको चैत २८ गते सजाय निर्धारण हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनएमबि बैंकको चार अर्ब बराबरको ऋणपत्र बिक्री खुला
चैत २१, २०७९ मंगलबार
महाकालीमा डुङ्गा सञ्चालनमा एसएसबीले अवरोध गर्दा समस्या
चैत २१, २०७९ मंगलबार
शहीद स्मारक ए डिभिजन लिगः जावलाखेलकाे पराजयमा फ्रेन्ड्स क्लबको पहिलो जित
फागुन ३०, २०७९ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार