एमाले र जनमतका मन्त्रीलाई बर्खास्त गर्ने मुख्यमन्त्रीको चेतावनी
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार २०:२२:४९
२१ चैत्र, जनकपुर । मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमाले र जनमत पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मंगलबारभित्र राजीनामा नदिए पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् । यसले मधेस प्रदेशको सत्ता राजनीतले नयाँ मोड लिने देखिएको छ । मुख्यमन्त्री यादवले जनाता समाजवादीसँग राजनीतिक खटपट आएपछि जनमतका मन्त्रीलाई राजीनामा दिन भनेका हुन् । मुख्यमन्त्रीको निर्देशनपछि यसबारे निर्णय लिन एमालेको संसदीय दलको बैठक बसेको छ ।
जसपाका एक नेताले दिएको जानकारी अनुसार मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूलाई मंगलबार अपराह्नसम्म राजीनामा बुझाउन निर्देशन दिएका छन् । मधेस प्रदेश सरकारमा एमालेका ४ मन्त्री छन् । एमालेका मन्त्रीहरूले मंगलबार अबेरसम्म राजीनामा नगरे पदमुक्त गरिदिने चेतावनी मुख्यमन्त्री यदावले दिएका छन् । बाराको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन बारामा बढी समय दिइरहेका मुख्यमन्त्री यादव मंगलबार बिहान जनकपुर आएर यस्तो निर्देशन दिएका हुन् ।
प्रदेश सरकारमा अहिले एमालेका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री छन् । एमालेका मन्त्री हटाएर त्यस ठाउँमा कांग्रेसलाई ल्याउने तयारी भइरहेको मुख्यमन्त्री यादवनिकट स्रोतले जनाएको छ । क–कसलाई मन्त्री बनाउने भनेर कांग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ ।
कांग्रेसका संसदीय दलका नेता कृष्णा यादवले एमालेका मन्त्रीले राजीनामा गरेपछि सरकारमा कांग्रेस जाने बाटो खुल्ने बताए । केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकारमा सहभागी हुने उनले बताए । एमालेका प्रदेश सांसद शारदादेवी थापाका अनुसार सरकारबाट राजीनामा गर्ने वा नगर्ने विषयमा पार्टीभित्र कुनै निर्णय नभएको बताइन् । ‘हामी बैठकमै छौं । अहिलेसम्म सरकार छोड्ने कुनै निर्णय भएको छैन,’ उनले भनिन् ।
मुख्यमन्त्री यादवनिकट स्रोतका अनुसार मधेस प्रदेश सरकारबाट जनमत पार्टीका मन्त्रीलाई पनि हटाउने तयारी भइरहेको छ । जनमत पार्टीबाट मधेस प्रदेश सरकारमा दुई जना मन्त्री छन् । बसन्तप्रसाद कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र महेशप्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्यमन्त्री छन् । ‘उप–राष्ट्रपतिको चुनावकै बेला मधेस प्रदेश सरकारबाट जनमतको मन्त्री हटाउने तयारी थियो,’ मुख्यमन्त्री यादवनिकट स्रोतले भन्यो, ‘त्यतिबेला गलत सन्देश जान्छ भनेर रोकियौं । अब छिट्टै जनमतका मन्त्री पनि हटाइने छ ।’
उपराष्ट्रपतिको चुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामसहायप्रसाद यादवको विरुद्धमा जनमत पार्टीले ममता झाको उम्मेदवारी दिएका थिए । बारा–२ को निर्वाचनमा पनि जनमत पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिएपछि मधेस प्रदेश सरकारबाट हटाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
बैशाख २७, २०८१ बिहिबार