स्वास्थ्य संस्थामा ‘डिपो’ र कण्डमको अभाव
इन्द्र रिजाल
फागुन १९, २०७५ आइतबार १६:५३:४७
सिरहा । सिरहाको सुखीपुर नगरपालिकाका स्वास्थ्य संस्थामा ‘डिपो’ र कण्डमको अभाव भएको छ । स्वास्थ्य संस्थामा महिलाले महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव भएको हो । ती साधनहरु स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा उपलब्ध हुन्छन् ।
कण्डम, पिल्सजस्ता अरू पनि अस्थायी साधन भए पनि परिवार नियोजनका लागि अधिकांश दम्पतीले डिपोको प्रयोग गर्दै आएका छन् ।सुखीपुर क्षेत्रमा हरेक तीन महीनामा एक हजार २०५ महिलाले डिपो र प्रतिमहीना २०० भन्दा बढी पुरुषले कण्डम प्रयोग गर्दै आएको स्वास्थ्य चौकी सुखीपुरले जनाएको छ ।
अस्थायी साधन अभाव हुँदा अनिच्छित गर्भधारणको जोखिम बढेको स्थानीयको गुनासो छ । एक महीनाअघि नै डिपो सकिएपछि आफूले नआएसम्मका लागि पसलबाटै खरीद गरेर कण्डम प्रयोग गर्न सल्लाह दिएको स्वास्थ्य चौकी सुखीपुरका प्रमुख भुपेश रतन यादवले बताए ।
डिपो र कण्डम खरीद गरी आपूर्ति गर्न स्थानीय सरकारलाई आग्रह गरेको र छिट्टै आपूर्ति गर्ने प्रतिबद्धता आएको प्रमुख यादवको भनाइ छ ।नवविवाहिता बाहेकका अधिकांश महिलाले कण्डम र चक्कीको साटो डिपो खोप लगाउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । एक पटक लगाए तीन महीना ढुक्क हुने भएकाले पछिल्ला दिनमा धेरै दम्पतीको रोजाइ डिपो हुने गरेको छ । रासस
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार