कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल र प्रवक्ता शर्मा किन जादैछन् म्याग्दी ?
इन्द्र रिजाल
फागुन २०, २०७५ सोमबार १८:११:५२
म्याग्दी । यहि फागुन २५ गते नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका शिर्ष नेताहरु म्याग्दी जाने भएका छन् । म्याग्दी जिल्लामा निर्माण भएको कार्यालय ‘वी.पी. स्मृति भवन’को उद्घाटनका लागि सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी जाने तय भएको छ ।
पूर्व प्रधानमन्त्रीसहित प्रभावशाली नेताहरु म्याग्दी ल्याउनका लागी केही समयदेखी हामीले तयारी गरेका थियौं उनीहरु तिनै जनाको अहिले समय मिलेकाले तिनै जना एकै पटक म्याग्दीमा आउन लागेको म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले बताए। फागुन २५ गते हुने बिशाल आम सभा तथा नेपाली कांग्रेसको कार्यालय उद्घाटन कार्यक्रमको प्रचारप्रसार तिब्र बनाईएको जिल्ला कार्यसमितिका सह–सचिव, युवा नेता तथा २५ गते हुने कार्यक्रमको प्रचार प्रसार संमयोजक भरत बहादुर रकालले जानकारी दिए ।
उनका अनुसार प्रचार प्रसार गर्नका लागी बिभिन्न ठाउँमा प्रचार पम्मप्लेटहरु राखीएको र सम्पूर्ण कांग्रेसका भातृ संस्थाहरुलाई समेत खबर गर्न आह्वान गरिएको छ । नेपाली कांग्रेस म्याग्दीले २०६९ सालमा म्याग्दीको सदरमुकाम बेनीको संगम चोकमा ५१लाख ३७ हजार ७५० रुपैयाँमा जग्गा खरिद गरि करिब दुई बर्षमा भवन निमार्ण गरेको थियो । भवन निमार्णका लागी २९ लाख ५९ हजार ४२५ रुपैयाँ लगानीमा भवन निमार्ण गरिएको जिल्ला कार्यसमितीका कोषाध्यक्ष टंक हमालले जानकारी दिए । बाल मन्दिरमा आफ्नो कार्यालय राखेको कांग्रेसल एक बर्ष अघिबाट नवनिर्मित भवनबाटै आफ्नो सचिवालय सञ्चालन गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार